काठमाडौं– आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
कोलकातास्थित इडेन गार्डेन्स मैदानमा साँझ सवा ७ बजे शुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउने दाउमा छ।
न्युजिल्याण्ड पनि दक्षिण अफ्रिकाको लयमा पूर्णविराम लगाउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ। दक्षिण अफ्रिका सुपर आठको समूह- १ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। न्युजिल्याण्ड समूह- २ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
न्युजिल्याण्ड दोस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छ। यसअघि न्युजिल्याण्ड सन् २०२१ को विश्वकप फाइनल खेले पनि अष्ट्रेलियासँग पराजित भएको थियो।
यस्तै दक्षिण अफ्रिका दोस्रो पटक लगातार फाइनलमा स्थान बनाउन चाहन्छ। अघिल्लोपटकको फाइनलमा दक्षिण अफ्रिकाले भारतलाई उपाधि सुम्पिएको थियो।
यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार साविक विजेता भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।फाइनल खेल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।