काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएकी थिइन् । तर पनि केही समय ढिलोगरी बैठक सुरु भएको हो ।
निर्वाचन तयारी र सुरक्षाबारे बैठकमा छलफल हुनेछ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, अर्थमन्त्री रामेश्वर खनाल, मुख्य सचिव सुमनराज अर्याल र प्रधान सेनापति अशोकराज सिग्देल सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।