काठमाडौं– पेशेवर रुपमा जुवा खेलाइने राजधानीका दुई अखडामा प्रहरीले छापा हानी २३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४ जना महिला समेत छन्।
खुशिबुको मेडिकल चोकमा रहेको गोकुल के.सीले सञ्चालन गरेको नेचुरल मोटरसाइकल ग्यारेजमा जुवा खेलिरहेका ११ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट ४२ हजार ४ सय बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा घनश्याम ईटनी, हिरा बराम, रामकृष्ण अर्याल, बेनी प्रसाद अधिकारी, ज्ञान बहादुर अधिकारी, बुद्धिमान तामाङ्ग, मुकुन्द अधिकारी, भानु अधिकारी, सन्त बहादुर गुरुङ्ग, जप लामा र खिल बिष्ट छन्।
त्यस्तै कर्ण बहादुर चन्दले संचालन गरेको सुपर जाजरकोट गेष्ट हाउसबाद्ध ४ महिलासहित १२ जना पक्राउ परेका छन्। ६२ हजार २ सय ५ रुपैयाँ नगदसहित जुवाडेहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा गेष्ट हाउस सञ्चालक चन्दसहित शिवराम गजुरेल, बिमला चन्द, सुस्मिता तामाङ्ग, कमला पुन, शान्ति खत्री, धिरज बिष्ट, दिपक खड्का, बिष्णु बुढाथोकी, देव बहादुर दमाई, राजीब मग्राती र अम्मर बहादुर महर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।