• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

९९ रन पुगेपछि मात्र शतकको सोच!

64x64
ऋग्वेद शर्मा बुधबार, पुस २, २०७६  १५:१३
1140x725

पोखरा- दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा लगातार दुई खेल हारेपछि काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले भनेका थिए- ‘अब हाम्रो बाटो झनै सजिलो भएको छ, हरेक खेल जित्नुको विकल्प छैन।’

उनले भनेजस्तै आफ्नो तेस्रो खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १ सय ६ रनले हरायो। जसमा पिपिएलकै पहिलो शतक बनाएका कप्तान ज्ञानेन्द्र केन्द्रमा रहे। यसअघि दुई खेल हारेको काठमाडौंले पहिलो जित बनायो।

ऐतिहासिक शतक बनाएका कप्तान मल्ल आफूले जितको विकल्प नदेखेकैले धेरै रन बनाउन अघि बढेको बताए। ९९ रन हुँदासम्म शतकबारे नसोचे पनि त्यसपछि एक रन लिएर शतक पूरा गर्न लागेको उनले सुनाए।

३७ बल खेलेका मल्लले ८ चौका ९ छक्का हानेका थिए। २४ बलमा ५४ रन बनाएका उनले पछिल्लो १३ बलमा ४६ रन हानेका हुन्।

पोखरा रंगशाला क्रिकेट मैदानमा हुस्सुका कारण एक घन्टा ढिलो गरी सुरु भएको खेल १७ ओभरमा झारिएको थियो। ओपनिङमा आएका गौरव तमोर ३ बल खेलेर बिनारन आउट भएका थिए। तेस्रो क्रममा ब्याटिङमा आएका अमित श्रेष्ठले ६ चौका १ छक्कासहित ३४ रन हाने। 

ज्ञानेन्द्रलाई साथ दिइरहेका जयकिशन कोल्सावालाले ३७ बलमा ४६ रन हाने। जसमा उनले ४ चौका २ छक्का बनाएका थिए। १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढीले ७९ रन मात्र बनाउन सक्यो। जसमा काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिए। पवन सर्राफ र सुवोथ भाटीले दुई–दुई साथै अमृत भट्टराई र सुशन भारीले एक–एक विकेट लिए। 

कसिलो बलिङसमेत जितको आधार भए पनि पहिले ब्याटिङमा ज्ञानेन्द्रले बनाएको शतक नै खेलमा सबैभन्दा महत्वपूर्ण क्षण रह्यो। ज्ञानेन्द्र शतकसँगै जारी पिपिएलमा सर्वाधिक रन बनाउने खेलाडी बने। उनले ३ खेलमा दुई सयको स्ट्राइक रेटमा १ सय १६ रन बनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गएको वर्ष पहिलो पिपिएलमा ६ खेलमा ५ इनिङ ब्याटिङ गरेका उनले १ सय ३३ रन बनाएका थिए। जसमा उनको सर्वाधिक रन ३१ मात्र थियो। त्यसमा १२ चौका र ३ छक्का थियो। उनले जारी सिजन १० चौका ९ छक्का हानिसकेका छन्। यसपटकको शतकले उनले ३ खेलमा नै १ सय १६ रन बनाउन सके। 

जारी पिपिएलको पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले हार्दा ज्ञानेन्द्रले ५ बल खेलेर १ रन मात्रै बनाएका थिए। बुटवल ब्लास्टरसँग सुपर ओभरमा हारेको दोस्रो खेलमा उनले १५ बलमा १५ रन बनाएका थिए। 

दोस्रो खेल हारेपछि फाइनलसम्म पुग्न अप्ठ्यारो हुने हो कि भन्ने प्रश्नमा उनले भनेका थिए– ‘होइन, बाटो अब झन सजिलो भएको छ। अब सबै खेल जित्ने र अगाडि बढ्ने। जित्नुबाहेक अरु केही पनि रहेन। टिमहरु सबै राम्रो छन् त्यो दिन जो चल्यो खेल उसैले जित्ने हो।’

Xtrem

Xtrem

नभन्दै आजको दिन ज्ञानेन्द्र चले। ज्ञानेन्द्रले कसरी शतकीय पारी खेले त? उनी भन्छन्– ‘सुरुमा त पिचको कन्डिसन कस्तो छ त्यसलाई विचार गर्ने भन्ने नै थियो। आज अलिकति ‘अट्याकिङ मुड’मा हुन पनि जरुरी थियो। हामीसँग जित्नेबाहेक अर्को विकल्प पनि थिएन। त्यसैले पनि म रन हान्नुपर्छ भन्नेमा नै थिएँ।’

आफूले रन बन्न थालिसक्दा पनि शतक बारे नसोचेको बताएका ज्ञानेन्द्र भन्छन्– ‘९९ मा पुगेपछि बल्ल शतकका लागि सोचेको थिएँ। त्यसभन्दा अघि त जति सकिन्छ त्यति रन बनाउनुपर्छ भन्ने मात्र थियो। किनभने धनगढीको पनि केही ब्याट्सम्यान हिट हान्न सक्ने नै थिए।’

सक्दो रन बनाउनुको विकल्प नभएको र आफूहरुले रन बनाउन सकेको पिचमा धनगढीले पनि रन हान्न सक्ने सम्भावना उति नै रहेको उनको सोच थियो। ‘हामीले सक्दो धेरै रन बनाउनुको विकल्प थिएन। हामीले रन हानिरहेको ठाउँमा उनीहरुले पनि हान्न सक्छन् भन्ने नै थियो। ९९ मा पुग्दा ननस्ट्राइकमा रहेका जयकिशन कोल्सावालाले पनि एक रन लिएर त्यसपछि हिट हान्दा हुन्छ भनिरहेका थिए। मैले त्यसै गरेँ।’

टिमकै प्रदर्शन राम्रो रहेको भन्दै उनी भन्छन्– ‘कुनै खेलमा रन लाग्दा राम्रो नै हुन्छ। म जानुअघि अमित श्रेष्ठले पनि हिट हानिरहेको थियो। त्यसैले धनगढीका बलरलाई सजिलो थिएन। कहिले काहीँ ब्याट्सम्यान चल्दा बलरलाई असर नै गर्छ।’

पिपिएलमा ओसिलो मैदानका कारण बिहानको खेलमा टस जित्ने टिमले फिल्डिङमा रोज्ने भए पनि पहिले ब्याटिङ गरेर काठमाडौंले मैदानबारेको भ्रम पनि चिरिदियो। ‘यसमा ब्याटिङ पिच बलिङ पिच भन्नुभन्दा पनि रन लागेको कुरा नै महत्वपूर्ण हो। रन लाग्दा पनि बिग हिटमार्फत लागिरहेको थियो। त्यसले गर्दा आज ‘क्लिक’ भयो’, ज्ञानेन्द्रले भने,

‘टस जितेको भए हामीले पनि पहिले बलिङ नै गथ्र्यौं होला तर पहिले ब्याटिङ गर्दा के गर्ने भन्ने सोच पनि बनाएका थियौं। मैदानको शितले गर्दा बलरलाई सजिलो मात्र हुने होइन अप्ठ्यारो पनि त हुन सक्छ।’ 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्