काठमाडौं– नागार्जुन नगरपालिका–५ सितापाइलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
फोस्कुस्थित अमृत बुढाथोकीको नबनिर्माण हुँदै गरेको घरमा काम गर्ने क्रममा फलामको रडले हाइटेन्सन लाइनमा छुन जाँदा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका फोस्कु डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ३२ वर्षीय जितमणी अधिकारीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।