काठमाडौं- शुक्रबार काठमाडौंमा २३ जना जुवाडे पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका–१६ खुशिबु स्थित मेडिकल चोकमा रहेको गोकुल के.सी.को नेचुरल मोटरसाइकल ग्यारेज घर भित्र जुवा तास खेली रहेका धादिङ ज्यामरुङ गाउँपालिका–७ घर भएका ३६ बर्षीय घनश्याम ईटनी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। ४२ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौँ महानगरपालिका–१६ बालाजु बसन्तनगरमा सुर्खेत घर भएका कर्ण बहादुर चन्दले संचालन गरेको सुपर जाजरकोट गेष्ट हाउसमा जुवातास खेलिरहेका चन्द सहित १२ जनालाई शुक्रबार प्रहरीले नगद ६२ हजार २ सय ५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।