काठमाडौं- युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने यात्रुको शव परिवार तथा आफन्तजनलाई हस्तान्तरण गर्न सुरु गरिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम रिपोर्टपछि पहिचान भएकाहरुको शव परिवारलाई बुझाउन थालिएको हो।
अहिलेसम्म १० नेपालीसहित २५ जनाको शवको पहिचान भएको छ। पहिचान खुलेका नेपालीहरुको शव आफन्त बुझ्न आएपछि हस्तान्तरण गर्न थालेको अस्पतालले जनाएको छ। शनिबार डा बालकृष्ण थापा, हरिशंकर पौडेल र अल्जिना बरालको शव परिवारको जिम्मा लगाइएको छ। डा थापाको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
आधा संख्याका शवहरु जलेर चिन्नै नसकिने अवस्थामा रहेकाले फिंगर प्रिन्ट, दाँत, लुगा र गरगहनाको परीक्षण गर्दा पनि पहिचान हुन नसके डिएनए परीक्षण गर्ने अस्पतालको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।