काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसै वर्ष नेपालमा भारत र चीनबाट केही उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणहरु हुने बताए। ‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ, र चिनीयाँ राष्ट्रपति सि जिनपिङ पनि आउनुहुन्छ, त्यसैगरी नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन्,’ उनले भने, ‘सन् २०१८ मा द्विपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, यो हिसाबले सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ।’
हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै नेपाल आउने उनको भनाइ थियो।
त्यसैगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण चाँडै गर्ने ज्ञवालीले सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।