काठमाडौं- पहिलो जननिर्वाचित सरकार अपदस्थ गरेर राजा महेन्द्रले २०१७ पुस १ गते शासनसत्ता आफ्नो हातमा लिए। जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेल हालियो। राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो।
पहिलो संसद् अर्थात् २०१५ सालको माथिल्लो सभा उपाध्यक्ष कमल राणा भने 'दशा लागेपछि' महेन्द्रले पहिलो संसद् भंग गरेको बताउँछिन्। 'सबै काम एक्लै गर्न सक्छु भनेर महेन्द्रले त्यस्तो कदम चाले,' उनको दाबी छ, 'राजसंस्थालाई मान्ने र बुद्धि पनि भएको बिपीजत्तिको प्रधानमन्त्री नेपालले पाउन सकेन। त्यतिका मान्छे जन्मिन धेरै समय लाग्छ।'
बिपीपछि वर्तमान समयसम्म आइपुग्दा देशले बेहोरेका प्रधानमन्त्रीप्रति राणाको असन्तुष्टि छ। राजा महेन्द्रले आफूलाई महासभामा मनोनीत गरे पनि बिपीप्रतिको आस्था भने उनीभित्र गढेर रहेको छ।
भिडियो-
(आर्काइभबाट)
राजा महेन्द्रलाई दशा लागेपछि 'कू' [भिडियो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।