पोखरा- फागुन २३ गते आयोजित ‘प्रदेश नं ४ मा खेल पर्यटनको सम्भावना’ विषयक अन्तर्क्रियाको सुझाव तथा निष्कर्ष उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतलाई शुक्रबार हस्तान्तरण गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयद्वारा संयुक्त रुपमा सो अन्तर्क्रिया गरिएको थियो।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष केशव पाठकको नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको २५ बुँदे सुझाव तथा निष्कर्षसहितको प्रतिवेदन ग्रहण गर्दै मन्त्री बस्नेतले छिट्टै मन्त्रालयले प्रदेशका गतिविधि र विकासका कार्यलाई तदारुकताका साथ कार्यान्वयनमा अघि बढाउने प्रतिबद्धता जनाए। यसका लागि उद्योग, वन, पर्यटन, आपूर्ति, विज्ञान तथा प्रविधि, वातावरण लगायत विषयमा विषयगत विज्ञबाट सुझाव संकलन गर्ने र पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको पहिचानमा काम थाल्ने जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।