मुम्बई – अभिनेता इरफान खानले ट्विटमार्फत आफ्नो रोगको जानकारी दिएका छन्। केही समयअघि आफ्नो स्वास्थ्यको विषयमा अनावश्यक हल्ला चलेपछि उनले आफैले यसको जानकारी दिएका हुन्। इरफानका अनुसार उनलाई न्युरो इन्डोक्राइन ट्युमर भएको छ । उनले उपचारका लागि छिट्टै विदेश जाने बताएका छन् ।
उनले आफ्नो लागि प्रार्थना गर्न पनि सबैसँग आग्रह गरेका छन् । केही समयअघि इरफानले ट्विटमा लेखेका थिए, ‘कुनै एक दिन तपाई विहान उठ्नु हुन्छ र अचानक तपाईलाई थाहा हुन्छ, जीवन ठिक ढंगले चलेको छैन्। यतिबेला स्तब्ध हुनु स्वभाविक हो। पछिल्लो केही समयदेखि मेरो जीवन पनि रहस्यमय कहानी बनेको छ । मलाई थाहा थिएन, दुर्लभ कहानीको खोजी गर्दा गर्दै आफैले दुर्लभ विरामीको सामना गर्छु भनेर ।’ (एजेन्सी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।