काठमाडौं– संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन सत्तारुढ दलहरुबीच मन्त्रालयको संख्या बढाउने सहमति भएको छ। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय रहेकोमा अब ३ मन्त्रालय थपिने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा गएलगत्तै ३० वटा मन्त्रालयमाट घटाएर १७ मन्त्रालय राख्ने निर्णय गरेका थिए। मधेसवादी दलहरुलाई सरकारमा सामेल गराउन मन्त्रालयको संख्या थप गरिएको बताइएको छ।
नेपालको संविधानमा भने केन्द्रीय मन्त्रिपरिषद् २५ सदस्यीयसम्म बनाउन सकिने उल्लेख छ। उता उच्चस्तरीय समितिले भने प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाव दिएको थियो। सिँचाइ, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालयलाई थप्ने निर्णयमा आज दलहरु पुगेका हुन्।शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर शिक्षा र युवा तथा खेलकुद, श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाएर श्रम तथा रोजगार र महिला तथा बालबालिकालाई अलगअलग मन्त्रालय बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।