कपाल प्रत्यारोपण (कपाल राेप्नु) गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ। सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन। कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ हप्ता पछाडि झर्छ। तर, १०देखि१६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ। २ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६देखि ८ घण्टाको समय लाग्छ।
प्रत्यारोपण गरिसकेपछि डोनर क्षेत्रलाई ब्यान्डेज र पेपरटेप प्रयोग गरेर छोपिन्छ र ४८ देखि ७२ घण्टा भित्र निकालिन्छ । ब्यान्डिज निकाले पश्चात त्यसमा एन्टीबायोटिक ओन्टीमेन्ट सात दिन लगाउनु पर्छ । कपाल रोपिको क्षेत्रलाई भने खुल्ला अथवा लोस क्यापले छोप्नु पर्दछ । ताकी त्यस क्षेत्रमा कुनै संक्रमण नहोस् । ट्रान्सप्लान्ट गरिसकेको ७२ घण्टा पछि क्लिनिकमै आएर बेबी स्याम्पूले सफा गरिन्छ ।
ट्रान्सप्लान्ट गरिसकेको १ वर्षसम्म एक प्रकारको औषधी प्रत्यारोपण गरिएको क्षेत्रमा लगाउन सुझाव दिइन्छ । जसले ट्रान्सप्लान्टेड कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढन् मद्धत गर्छ ।
कुनै औषधीप्रति एलर्जी हुने, चिन्ता बढेजस्तो महशुश हुने, हल्का ब्लिडिङ हुने सामान्य समस्या देखा पर्छन् । शल्यक्रियापछि केही प्यासेन्टहरुमा डोनर क्षेत्रमा वा कपाल रोपिएको क्षेत्रमा दुखाई महसुस हुन सक्छ । जुन व्यक्तिपिच्छे फरक हुन सक्छ । केहीमा आँखा सुनिने हुन्छ, जुन एक हप्ता जतिमा हराएर जान्छ ।
प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न शुरु हुन्छ । ५ महिना पछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्ष भित्र कपालको बाक्लो भएर आउँछ र मुन्डन गरेपनि फेरि कपाल पलाइरहन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।