तालु खुइलिएका बिषयमा हाम्रो समाजमा अनेकौं किस्सा सुन्न पाइन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल ।
सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी , चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ । त्यस्तै नन–सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ ।
त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ । पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।