अपर्याप्त निद्राले मन अस्थिर बनाउछ र दैनिक गतिविधिमा नै असर गर्छ । अनिद्राका कारण थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाब बढ्ने र दैनिक कार्य शैलीलाई नै असर गर्छ । ६ घन्टाभन्दा कम समय सुत्दा बढी भोक लाग्छ, जसले साढे सात गुणा मोटोपन ल्याउँछ । थोरै सुत्ने मानिसलाई पर्याप्त मात्रामा सुत्ने मानिसको तुलनामा साढे दुई गुना डायबिटिजको खतरा हुन्छ ।
पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता घट्छ । डिप्रेसन, डायबिटिज, मुटुसम्बन्धी रोग, डिमेन्सिया निम्त्याउँनुका साथै असामयिक मृत्युसमेत हुन सक्छ ।वास्तवमा सातामा दैनिक ४–५ घन्टा सुत्दा स्मरण क्षमता १ प्रतिशतले घट्छ । समग्रमा भन्नु पर्दा अनिद्राले जीवनको गुणस्तर घटाउछ । कम सुत्दा निरन्तर रुपमा स्नायु प्रणालीलाई कमजोर हुन्छ र उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना बढाउँछ । जीवनमा कुनै न कुनै बेला हामीले अनिद्रा अनुभूति गरेकै हुन्छौं । थोरै सुत्ने मानिस बढी परिश्रमी हुने धेरैको विश्वास छ । तर त्यो वास्तविकता होइन । अनिद्रा परिश्रम र प्रतिबद्धताको नमुना होइन ।
के गर्ने, के नगर्ने
परिणामभन्दा गुणस्तर बढी महत्वपूर्ण हुन्छ । गहिरो निन्द्रा छैन भने नौ दश घन्टा सुत्दा पनि थकान महसुस हुन्छ । सुताइलाई दुई तरिकाले विभाजन गर्न सकिन्छ । शान्त निन्द्रा र गहिरो सक्रीय निन्द्रा । गहिरो निन्द्राले कुनै जटिल समस्या आउँदा सामना गर्न सहयोग पुर्याउँछ । डिनर समयमा चिल्लो खानेकुरा खाँदा स्थिर उर्जा प्राप्त हुन्छ र मिठो निन्द्रा लाग्छ । रातीमा माछा खाँदा सेरोटोनिन उत्पादन गर्छ जसले खुसीको भावना बढाउँछ, स्ट्रेस हर्मोन घटाउँछ । कार्बनडाईअक्साईयुक्त खानेकुराले ब्लड सुगरमा उथलपुथल ल्याउँछ र निन्द्रामा असर गर्छ । प्रोटिनयुक्त खानेकुरामा पाईने एमिनो एसिडले सहज सुत्न मद्दत गर्छ । जबकि मदिराले निदाउन सहयोग पुर्याउँछ तर गहिरो निन्द्रा लाग्दैन । निन्द्रा नलाग्नेले साँझ कफी खानु हुँदैन ।
न्यानो पानीको सावर, ध्यान, शान्त बनाउने संगीत, हल्का चिसो तापक्रमयुक्त कोठा (६८ डिग्री फरेनाईट), तथा बेडमा जानुअघि पूर्ण रुपमा कोठामा पर्दा लगाएर सुत्दा राम्रो निन्द्रा लाग्छ । ल्याभेन्डरको बासना कोठामा छर्दा पनि निन्द्रालाई सहयोग पु¥याउँछ । यसले रक्तचाप र छालाको तापक्रम घटाउँछ । बेडलाई राती सुत्न मात्र प्रयोग गर्नुपर्छ । बेडमा बसेर टेलिभिजन हेर्ने , खाने इत्यादि गर्नुहुन्न । दिउँसो सुत्नु हुन्न । नियमित व्यायाम गर्नुपर्छ । कामको प्रस्तुति, स्वास्थ्य, आवेगलाई नियन्त्रण गर्न तथा स्वास्थ्यसम्बन्ध कायम गर्न उच्च गुणस्तरको निन्द्रा आवश्यक पर्छ । बस्दाबस्दै निदाउँने वा छोटो समयमा नै निन्द्रा लाग्छ भने तपाईं स्वस्थ हुनुहुन्छ।
- डा. मनोज भट्टराई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।