• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आफ्ना कूटनीतिज्ञलाई देश निकाला गर्ने बेलायतको घोषणाप्रति रुसको असन्तुष्टि, प्रमाण उपलब्ध गराउन माग

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  ०५:५९
1140x725

न्युयोर्क– आफ्ना कूटनीतिज्ञलाई देश निकाला गर्ने बेलायत सरकारको घोषणाप्रति रुसले असन्तुष्टि व्यक्त गरेको छ। बुधबार आकस्मिक रुपमा बोलाइएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा रुसले गम्भीर असन्तुष्टि व्यक्त गरेको हो।

बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार २३ रसियाली कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन्। पूर्व गुप्तचर ६६ वर्षीय सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी युलियाको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।

देश निकालाको घोषणा गर्ने क्रममा प्रधानमन्त्री थेरेसा मेले ती कूटनीतिज्ञहरु अघोषित गुप्तचर अधिकारी रहेको पुष्टि भएको बताएकी थिइन्। उनीहरु एक साता बिदामा जान लागेका थिए।

बेलायती प्रधानमन्त्रीले रुससँगको कूटनीतिक सम्बन्ध टुटाउन भने नचाहेको स्पष्ट पारेकी थिइन्। तर दुई पक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ।

हत्या प्रयास भएका पूर्व गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरी


बेलायतका पूर्व गुप्तचर स्क्रिपाल र  उनकी छोरीलाई गत मार्च ४ मा विष खुवाइएको थियो। उनीहरुको अहिले गम्भीर अवस्थामा उपचार भइरहेको छ। गत मार्च ४ मा ती बाबुछोरीलाई बेलायतको दक्षिण शहर सालिसवरीस्थित एक सपिङ सेन्टर अगाडि बेहोस अवस्थामा भेटिएको थियो।

तर, रुस सरकारले भने ती बाबु-छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आएको छ। सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै राष्ट्रसंघका लागि रसियाली राजदूत भासिली नेवेन्ज्याले बेलायतको आरोप कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए। 

Ncell 2
Ncell 2

राजदूत नेवेन्ज्याले भने, ‘प्रधानमन्त्री थेरेसा मेबाट भएको अन्यायपूर्ण घोषणा हामीलाई स्वीकार छैन। सो घटनामा रसियाली कूटनीतिज्ञको संलग्नता पुष्टि हुने प्रमाण उपलब्ध गराउन पनि हामी माग गर्छौं।’

उता बेलायतले भने शान्तिपूर्ण बेलायती शहरमा युद्धमा पनि प्रतिबन्ध गरिएको हतियारलाई रसियाले प्रयोगमा ल्याएको आरोप लगाएको छ। राष्ट्रसंघका लागि बेलायती कार्यकारी राजदूत जोनाथन एलेनले करिब १ सयभन्दा बढी बेलायतीहरु रसियाली गुप्तचरहरुसँग सम्पर्कमा रहेको दाबी गरेका छन्। 

सुरक्षा परिषदको बैठकमा उनले भने, ‘६६ वर्षीय रसियाली गुप्तचर स्क्रिपाल बेलायतका लागि ‘डबल एजेन्ट’ थिए। स्क्रिपाल र उनकी छोरी युलियालाई ‘नोभिचोक’ नामक विष खुवाइएको छ। जसको उत्पादन उच्च गुणस्तरको प्रगोगशालामा बाहेक सम्भव छैन।’

जोनाथनले अगाडि भने, ‘यो सामान्य अपराध होइन। यो शक्तिको दुरुपयाेग थियो।’

सुरक्षा परिषदको बैठकमा अमेरिका, चीन तथा फ्रान्सका राजदूतहरुले पनि आफ्नो विचार राखेका थिए।

सो क्रममा राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले ट्रम्प प्रशासन सो घटनामा पूर्णरुपमा बेलायतको पक्षमा एकजुट रहेको बताइन। उनले सेनासँग जोडिएका २ अधिकारीको हत्या प्रयासको घटनामा रसिया नै जिम्मेवार हुनुपर्ने तर्क गरिन्।

उता चीनको तर्फबाट राजदूत मा जाओसुले घटनाको अन्तर्राष्ट्रिय कानुनको आधारमा आवश्यक अनुसन्धान गरी प्रमाण जुटाउँदै सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे।

‘तथ्यमा आधारित निस्कर्षले नै घटनाको सत्यता र इतिहासलाई पुष्टि गर्नेछ’, जाओसुले भने। 

सो घटनाका सम्बन्धमा सुरक्षा परिषदको बैठकले आधिकारिक निर्णय भने लिइनसकेको बताइएको छ।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको... आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८०... आइतबार, माघ १८, २०८२
सर्लाहीमा सवारी दुर्घटना: छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चार पाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्