काठमाडौं– युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका दुई बंगलादेशी नागरिक उमे सलमा र नाजिया अफ्रिन चौधरी योजना आयोगको कर्मचारी भएको खुलेको छ।
यी दुवै इसिमोडले मंगलबारदेखि सुरु गरेको क्षेत्रीय सभामा भाग लिन नेपाल आएका थिए। तर, दुवैको निधन विमान दुर्घटनामा भयो।
‘उहाँहरू कन्फ्रेन्समा भाग लिन आउनु भएको थियो,’ इसिमोडका वरिष्ठ सुरक्षा अधिकारी चन्द्रवीर कंसाकारले नेपाल लाइभलाई जानकारी दिए।
युएस–बंगला दुर्घटनामा ५१ जनाको निधन भएको थियो। जसमा बंगलादेशका २७ नागरिकले ज्यान गुमाएका थिए। दुर्घटनामा ज्यान गुमाएका बंगलादेशका योजना आयोगका कर्मचारीका श्रीमानहरू काठमाडौं आइसकेको कंसाकारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।