काठमाडौं- राष्ट्रियसभाको उपाध्यक्षकाे निर्वाचन चैत ४ गते हुने भएको छ।संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभा बैठकले उपाध्यक्षको मिति तय गरेको हो। राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ बमोजिम ज्येष्ठ सदस्यले उपाध्यक्षको निर्वाचन मिति तोक्ने कार्यसूची यसअघि निर्धारण गरिएको थियो।
यस्तै राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ। सांसद खिमलाल भट्टराईले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी राखिएको प्रस्तावमा सुमनराज प्याकुरेल र दीनानाथ शर्माले समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।