दमक- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन्। नेपाली कांग्रेस दमक नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता सिंहले कांग्रेस संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर बन्दै गएको औंल्याए।
'अहिले पार्टीमा व्यक्तिवादी चिन्तन हावी भएको छ, कुनै एक व्यक्तिको भजन गाउनेभन्दा पनि पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्ने खाँचो छ', उनले भने।
महाधिवेशन भएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभिन्न उप समिति समेत दुई वर्ष बित्दा पनि गठन नभएको तथा पार्टीको केन्द्रीय समितिले समेत पूर्णता नपाएको भन्दै पार्टीका पूर्व महामन्त्री सिंहले अब पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नसके पार्टीनै मासिन सक्ने अवस्था आउने बताए।
(रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।