• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विदेशी दुराचारीको ‘गिद्धेदृष्टि’ नेपाली बालबालिकामा  

64x64
नारायण अधिकारी मंगलबार, मंसिर २४, २०७६  ०६:३०
1140x725

काठमाडौं- अमेरिकी नागरिक जेसन लोल्डी मुड्डीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गत शुक्रबार बाल यौन दुराचार गरेको अवस्थामा पक्राउ गर्‍यो। 

उनलाई एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट पक्राउ गरिएको थियो। त्यसक्रममा अर्धनग्न अवस्थामा तीन बालिकाको समेत उद्दार गरिएको सिआइबीका एसपी बेलबहादुर पाण्डेले बताएका छन्।

पक्राउ परेका ४० वर्षीय मुड्डी गत अक्टोबरमा नेपाल आएका थिए। उनी नेपाली भाषा सिक्ने भन्दै विश्वभाषा क्याम्पसमा समेत भर्ना भएको अनुसन्धानबाट खुलेको छ।

उद्दार गरिएका तीनै बालिका अति गरिब परिवारका छन्। उनीहरुलाई आर्थिक सहयोग गर्ने प्रलोभन देखाएर मुड्डीले यौन शोषण गर्दै आएका थिए।

राहदानी नम्बर ५६७४७२५३५ नम्बरका मुड्डीको साथबाट प्रहरीले अन्य दुई थान अमेरिकी राहदानीसमेत बरामद गरेको छ। साथमा ल्यापटप ३ थान, मोबाइल ४ थान, एटिएम कार्ड, चेकका स्लिप, मास्टर कार्डहरू र विश्वभाषा क्याम्पसको परिचयपत्रसमेत बरामद भएको छ। 

जसबाट उनी पढ्ने बहाना बनाएर यौन दुराचारकै लागि नेपाल आएको हुनसक्ने सिआइबीले अनुमान गरेको छ। प्रहरीले उनलाई जबरजस्ती करणीअन्तर्गतको कसुरमा म्याद थप गरेर अनुस्न्धान सुरु गरेको छ। उनीबाट अन्य बालबालिकासमेत पीडित हुनसक्ने प्रहरीले आँकलन गरेको छ। 

ब्यूरोका एसपी पाण्डेका अनुसार उनले गरिब परिवारका बालबालिकालाई खानलाउन दिने र अमेरिका लैजानेजस्ता प्रलोभन देखाएर यौनशोषण गर्दै आएका थिए।

यौन दुराचारका श्रृंखला

nimb
nimb
Ncell 2
Ncell 2

विदेशी नागरिकहरूले नेपाली बालबालिकामाथि यौन दुराचार गरेको घटना यो पहिलो भने होइन। गत चैत अन्तिम साता सिआइबीले फ्रान्सेली नागरिक जार्जेस इगोर सिमास्कीलाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरेको थियो।

ठमेलस्थित भगवतीस्थानमा रहेको एक होटलको पाँचौं तलाबाट सिमास्की पक्राउ परेका थिए। त्यसबेला उनीसहित एक नेपाली बालक आपत्तिजनक अवस्थामा भेटिएका थिए। 

जार्जेसले फ्रान्समा समेत बाल यौन दुराचार गरेका थिए। १९ वर्षअघि फ्रान्समा बालबालिकालाई विभिन्न प्रलोभन देखाएर दुराचार गरेको आरोपमा सन् २००० मा फ्रान्स प्रहरीले समेत उनलाई पक्राउ गरेको थियो।

फ्रान्समा बाल यौन दुराचारमा सजाय काटिसकेपछि भने उनले नेपाललाई गन्तव्य बनाएर  अपराध गरेका थिए। उनी नेपालमा ७ पटकसम्म आएको अनुसन्धानबाट खुलेको छ। पहिलोपटक सन् २०१४ मे १० मा नेपाल प्रवेश गरेका जार्जेस त्यसपछि पटक–पटक नेपाल आएर बालयौन दुराचार गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो। 

नेपाल आएका उनले ‘म अनाथ बालबालिकालाई पढाउन सहयोग सहयोग गर्छु, भूकम्पका समयमा आउन पाइनँ, अहिले सहयोग गर्न आएको’ भन्दै प्रलोभन देखाएर बालयौन दुराचार गर्दै आएका थिए। 

यसरी विभिन्न देशहरूबाट नेपाल आएर यौन दुराचारमा संलग्न विदेशीको संख्या बढ्दै गएको छ।  सिआइबीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि अहिलेसम्म १३ विदेशी नागरिक र उनीहरूका २ सहयोगी पक्राउ परिसकेका छन्। उनीहरूबाट ३३ जनाभन्दा बढी बालबालिका पीडित भएको प्रहरीले जनाएको छ।

यौन दुराचारको आरोपमा पक्राउ परेका विदेशी

– केनेथ जोसेफ कम्बोस (अमेरिकी नागरिक) – २०७३ गत भदौ २४ गते पक्राउ
उनका सहयोगी लुच्चे भनिने बुद्ध पतुवारसमेत पक्राउ
–अल्बर्ट फ्रेड किन्लेक (जर्मन नागरिक) – २०७४ असार १५ गते पक्राउ
– मार्कस केन्डलर (अस्ट्रियन नागरिक) – २०७४ भदौ २१ गते  
–हेनरिक्स एड्रियान्स जोसेफ्स क्रुइजसेन (डच नागरिक) – २०७४ कात्तिक २३ गते पक्राउ
–इयान रोबर्ट कोल (बेलायती नागरिक) – २०७५ माघ ५ गते पक्राउ (सहयोगी १७ वर्षका एक युवक पक्राउ) 
– जेराड फिलिप (फ्रान्सेली नागरिक) –२०७३ माघ ९ गते पक्राउ
– हान्स जर्गेन गुस्ताभ धाम )जमर्न नागरिक) – २०७४ पुस २९ गते पक्राउ
– पिटर जोन डल्गिस )क्यानेडियन नागरिक) – २०७४ चैत २४ गते पक्राउ
– पिट हिन वान टेरिसागा (डच नागरिक) – २०७५ जेठ ३१ गते पक्राउ
– क्रिस्टोफ गुइलुक्स (फ्रान्सेली नागरिक) – २०७५ साउन ६ गते पक्राउ
– डेनिस म्याथ्यु मिसेल चुपाउ (फ्रान्सेली नागरिक) – २०७५ साउन ६ गते पक्राउ
– जार्जेस इगोर सिमास्की (फ्रान्सेली नागरिक) – २०७५ चैत २९ गते पक्राउ
– जेसन लोल्डी मुड्डी (अमेरिकी नागरिक) – २०७६ मैसिर २० गते पक्राउ

दुराचारका लागि १६ पटकसम्म नेपाल, भिआइपीसमेत पक्राउ

पक्राउ परेकामध्ये केही व्यक्ति दुराचार गर्नकै लागि १६ पटकसम्म नेपाल आएको पाइएको छ।

गत माघ ५ गते पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल तीन वर्षअघि मात्र बेलायतमा बाल यौन दुराचारको आरोपमा पक्राउ परेर छुटेका व्यक्ति हुन्। उनी २०६६ देखि लगातार १६औं पटक नेपाल आएको र बाल यौन दुराचारसम्बन्धी कार्य गर्दै आएको अनुसन्धानमा खुलेको थियो। 

उनले एक मधेशी मुलका युवकलाई आर्थिक प्रलोभनमा पारेर बालबालिका उपलब्ध गराउने जिम्मासमेत दिएका थिए। कोलको एटिएम कार्डसमेत तिनै युवकले लिएर खर्च गर्दै आएको अनुसन्धानबाट खुलेको थियो। 

अमेरिकी नागरिक कम्बोस एप्स डिजाइनर भएको बताउँदै दुराचारमा संलग्न भएका थिए। उनलाई जिल्ला अदालत काठमाडौंले बाल यौन दुराचार गरेको पुष्टि गर्दै ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ। उनी अहिले कैद जीवन बिताइरहेका छन्।

कम्बोसलाई बालक उपलब्ध गराउने काठमाडौंको स्वयम्भूका २१ वर्षीय ‘लुच्चे’ भनिने बुद्ध पतुवारलाई ४ वर्षको कैद सजाय सुनाइएको छ। उनले कम्बोसलाई १२/१४ वर्ष बालबालिका उपलब्ध गराएको खुलेको छ। 
पक्राउ पर्नेमा अन्य भिआइपी व्यक्तिसमेत छन् । क्यानडेली नागरिक ६० वर्र्षीय पिटर ३ वटा मानार्थ विद्यावारिधि प्राप्त गरेका व्यक्ति हुन्। उनी स्ट्रिट किड्स इन्टरनेसनलको संस्थापक, युएन हेबिटान्ट अफगानिस्तान अफ कन्ट्री रिप्रिजेन्टेटिभको रुपमा सन् २०१० देखि २०१४ सम्म कामसमेत गरेका थिए। त्यस्तै, उनी डब्लुएचओको सिनियर अर्बान एड्भाइजरको रुपमा लाइबेरियामा र डब्लुएफओको डार्फरमा समेत काम गरिसकेका व्यक्ति हुन् ।

पिटरले नेपालमा हिमालयन कम्युनिटी फाउन्डेसन नामको संस्थासमेत सञ्चालन गर्दै आएका थिए। जहाँ उनले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेका थिए। गरिब परिवारका बालबालिकालाई पढाइ दिने, विदेश घुमाइ दिने, ठूलो भएपछि जागिर लगाइ दिनेजस्ता विभिन्न प्रलोभनमा पारी समाजसेवीको आवरणमा स–साना बालकलाई यौन दुराचार गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो।

यसरी यौन दुराचारीहरू नेपाली बालबालिकालाई सिकार बनाउन पर्यटक भिसामा भित्रिने गरेको तथ्य विगतमा पनि सार्वजनिक नभएका होइनन्। नेदरल्यान्डका माइसेन हेन्ड्रिक वोटोलाई सर्वोच्च अदालतले २०६९ कात्तिकमा यौन दुराचार मुद्दामा दोषी ठहर गरेको थियो। यौन दुराचारका लागि उनले बाल सुधार गृह नै खोलेको फैसलामा उल्लेख थियो।

थाइल्यान्ड, बर्मा, मलेसियाजस्ता देशमा यौन दुराचारसम्बन्धमा कठोर कानुन बनेपछि यौन दुराचारीले नेपाललाई गन्तव्य बनाएको सिआइबीले जनाएको छ। विदेशी भन्नेबित्तिकै सजिलै विश्वास गर्ने हुनाले पनि यौन दुराचारीले नेपाली बालबालिकामाथि निशाना बनाएको सिआइबीका एसपी पाण्डे बताउँछन् । 

मुख्य निसानामा गरिब बालबालिका

बाल यौन दुराचारको आरोपमा पक्राउ परेका अस्ट्रियाका केन्डलर सन् २०१४ देखि नेपाल आउन थालेका थिए। उनी ६ पटकसम्म नेपाल आएको अनुसन्धानमा देखिन्छ। केन्डलर तीनै पटक नेपाल आउँदा सुविधासम्पन्न काठमाडौंमा नबसेर विकट धादिङको गोगन गाउँ पुग्थे। गोगनका स्थानीयका अगाडि उनी समाजसेवी बन्थे। उनले गरिब र कम शिक्षित बालबालिकालाई शैक्षिक सामग्री, कपडा, खेलौनालगायतका सामान वितरण गर्थे। खान लगाउन पाएपछि उनीसँग झ्याम्मिएका बालबालिकालाई काठमाडौं ल्याएर उनले यौन दुराचारमा फसाउँथे।

उनीमात्रै होइन सबैजसो यौन दुराचारीले समाजसेवाको आडमा गरिब बालबालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएको देखिएको छ। अधिकांश दुराचारी पर्यटन भिसामा नेपाल आएर गरिब, कम शिक्षित र सडक बालबालिकालाई यौन दुराचार गर्ने सिआइबीको बुझाइ छ। अनुसन्धानबाट काठमाडौंका सडक बालबालिका, उपत्यका आसपासका जिल्ला धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका बालबालिकामाथि बढी यौन दुराचार हुने गरेको तथ्य फेला परेको छ।

बाल यौन दुराचारको आरोपमा कोटेश्वरबाट पक्राउ परेका हेनरिक्स एड्रियान्स जोसेफ्स क्रुजसेनले बालकको परिवारलाई टिभी किनिदिएका थिए। अस्ट्रियाका केन्डलर बालकलाई पाइन्ट, टिसर्ट र खेलौना किनिदिन्थे। कोलको एटिएम नै बालबालिका ल्याउन प्रयोग गरिएका एक भारतीय युवकसँगै हुन्थ्यो। घुमाउन लैजाने, खानेकुरा, खेलौना किनिदिने र गरिब परिवारका बालबालिकालाई केही सहयोग गरेकै आधारमा विश्वासमा लिएर यस्तो दुष्कर्ममा फसाउने गरेको सिआइबीले जनाएको छ । 

उनीहरूले बालबालिकालाई उत्तजेनामा ल्याउने, अश्लील भिडियो देखाउने, नग्न फोटो भएका किताब तथा तस्बिर देखाउनेसमेत गरेको पाइएको छ। यसअघि पक्राउ परेका केही व्यक्तिबाट कामसूत्र लेखिएको नग्न तस्बिर भएको एउटा पुस्तकसमेत बरामद भएको घटनाले यसलाई पुष्टि गर्छ । पोर्न भिडियो देखाउन प्रयोग गरिएको ट्याब तथा वाइनका बोतल पनि बरामद भएका थिए।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ मा बाल यौन दुराचारका बारेमा उल्लेख छ। दफा २२५ अनुसार ‘बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने’ उल्लेख गरिएको छ।

बालबालिकासँग कुनै किसिमको यौनजन्य व्यवहार गरेमा समेत यौन दुराचार मानिने संहितामा बताइएको छ। बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडितको उमेरका हिसाबले १० वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। पीडित बालबालिकालाई पीडकबाट क्षतिपूर्तिसमेत भराउनु पर्ने उल्लेख छ। यो सजाय अन्य देशको तुलनामा कम भएको प्रहरी अधिकारी नै बताउँछन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भएको आयल निगमको दाबी सोमबार, चैत ३०, २०८२
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन सोमबार, चैत ३०, २०८२
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन सोमबार, चैत ३०, २०८२
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्