काठमाडौं- राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित भएकी छन्।
राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारी २७ हजार ५ सय ४५ मतभारले राष्ट्रपतिमा विजयी भएकी हुन्। भण्डारीको ३९ हजार २ सय ७५ मतभार छ भने प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईको मतभार ११ हजार ७ सय ३० रहेको निर्वाचन कार्यालयले जनाएको छ।
राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित थिए। राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय संसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो।
९ वर्षीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो व्यक्ति भएकी छन्। संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने व्यवस्था छ।
याे पनि - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे भन्छन्– 'दुर्घटनाकै कुरा गरिरहँदा प्लेन खस्यो'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।