काठमाडौं– हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले कैलालीको लम्कीमा नयाँ शोरुम संचालनमा ल्याएको छ। कम्पनीले गंगा अटोमोबाइल्सको नाममा कैलालीको लम्कीमा नयाँ शोरुम संचालनमा ल्याएको हो।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले दाबी गरेको छ।
नयाँ शोरुम शुभारम्भ भएको अवसरमा कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको लम्कीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं। ग्राहकहरुको बढ्दो मागका कारण हामीलाई कैलालीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई फाइदा पुग्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।