• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्वर्ण जितेपछि गोपिचन्द्रले भने - राजेन्द्रको खोसिएको गोल्डमेडल फिर्ता ल्याएँ

64x64
ऋग्वेद शर्मा शुक्रबार, मंसिर २०, २०७६  १२:४८
1140x725

काठमाडौं– सन् २००६ मा कक्षा कोठामा सरले सुनाउँदै थिए, ‘राजेन्द्र भण्डारीले जितेको गोल्डमेडल डोपिङमा परेर फिर्ता गर्नुपर्‍यो।’

दौडेर स्वर्ण पदक जितिन्छ र डोपिङ भनेको के हो भन्ने विषयमा त्यसबेला बल्ल थाहा पाए गोपिचन्द्र पार्कीले।

श्रीलंकामा सन् २००६ मा भएको १० औं सागमा राजेन्द्र भण्डारीले स्वर्ण पदक जितेका थिए। डोपिङ परीक्षणमा फेलभएपछि उनको पदक खोसिएन मात्रै दुई वर्षसम्म प्रतिबन्ध समेत लाग्यो।

यही खबर त्यतिबेला सुनेका गोपिचन्द्रले मनमनै भनेका थिए, ‘राजेन्द्रको गोल्डमेडल म फिर्ता ल्याउँछु।’

१२ वर्षमा खोलो पनि फर्किन्छ भनेजस्तै गोपिचन्द्रले मनमनै सोचेको गोल्डमेडल फिर्ता ल्याउने सपना शुक्रबार पूरा भएको छ।

५ हजार मिटर दौडमा गोपिन्द्रले १४ मिनेट ५४.२० सेकेण्डमा पार गर्दै भारतीय खेलाडी सुनिल दावरलाई पछि पार्दै स्वर्ण जिते।

स्वर्ण जितेपछि सञ्चारकर्मीसँग उनको प्रतिक्रिया थियो, ‘राजेन्द्र सरले गुमाएको गोल्डमेडल फिर्ता ल्याउछु भन्ने सपना थियो। आज त्यो पूरा गरें।’

राजेन्द्रको मेडल खोसिएको थाहा पाएपछि नै गोपिचन्द्रले दौडने निधो गरेर दौड सुरु गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘राजेन्द्र सरको मेडल खोसिएपछि दौड सुरु गरेको थिएँ। तर कसरी दौडने? कहाँ दौडने भन्ने चिन्ता थियो। केही थाहा थिएन’ गोपिचन्द्रले भने।

२०६३ सालमा स्कूल स्तरको खेल हुँदा उनी भवानी मावि धनगढी गौरीपुर कैलालीमा दौडिए। जित हात पनि पारे। कैलालीमा छनौट भएपछि उनी दौडन काठमाडौं आए। 

‘पहिलो चोटी काठमाडौं टेकेको त्यसबेलै थियो। पहिलो चोटी काठमाडौंमा दौडदा मैले हारें’ पहिलो पराजयबारे उनले सुनाए, ‘काठमाडौंमा दौडने त सबै आर्मी, प्रहरी हुँदा रहेछन्। अब हामी तालिम नगर्ने परियो। केही पनि थाहा भएन। हारियो।’

Xtrem

Xtrem

आर्मी, प्रहरी शारीरिक रुपमा पनि बलियो। तालिम पनि लिइरहने। संगठनले पनि सहयोग गर्ने। दौडन त त्यहाँ पो जानु पर्ने रहेछ। हारपछि गोपिचन्द्रको मनले यस्तै यस्तै साचेको थियो।

त्यसपछि गोपिचन्द्रले सुरक्षा फौजमै भर्ना हुने निधो गरे। २०६६ सालमा सशस्त्र प्रहरी जवान भर्ना भए गोपिचन्द्र।

‘तालिम गरियो। तालिममा पनि जहिले अब्बल नै आउँथे। अर्को तालिम गरें। त्यसमा पनि अब्बल आएँ’ तालिममा फस्ट हुँदाको अनुभव उनले सुनाए। 

तर तालिममा पहिलो भएजस्तो भने सजिलो थिएन, सशस्त्र प्रहरीको क्लबमा आउन। क्बलमा आएर खेलाडी बन्न उनले धेरै पापड बेल्नु पर्‍यो। 

‘त्यसबेला क्लबमा आउन निकै गाह्रो थियो। कुनै प्रतियोगिता थिएन। अहिलेजस्तो कुनै आइजी कप भन्ने खालको छनौट गर्ने कुनै माध्य थिएन’ क्लबमा नपर्दाको नमिठो अनुभव उनी सुनाउँछन्। 

सशस्त्रमा जागिरे भएपछि उनको सुदूरपश्चिम खप्तडमा सरुवा भयो। त्यहाँ हुँदाहँदै सशस्त्र प्रहरीकै निकै कठिन मानिने एसटिएफ तालिममा उनले आफ्नो नाम टिपाए। 

एसटिएफ तालिमकै क्रममा उनको डिएसपी माधव रेग्मीसँग चिनजान भएको थियो। त्यही चिनजान नै उनको क्लब यात्राका लागि महत्वपूर्ण बन्यो।

डिएसपी रेग्मीपछि शाखा इन्चार्ज भएर क्लबमा गए।

‘क्लबमा मलाई पनि तान्नु पर्‍यो। खेलमा मेरो क्षमता छ’ डिएसपी रेग्मीसँग गोपिचन्द्रले अनुनय गरे। 

तालिमकै क्रममा गोपिचन्द्रको क्षमताको नाडी छामेका रेग्मीले उनको भनाइमा सहमति जनाए। प्रशिक्षक सुशीलनरसिंह राणाले गोपिको क्षमतालाई अवसर दिनुपर्छ भनेपछि २०६९ सालमा गोपिचन्द्र सशस्त्रको क्लबमा छनौट भएका थिए।
क्बल आएको तीन महिनामै राष्ट्रिय टिममा उनी परे। अनि एसियन खेलमा १० हजार मिटरको रेकर्ड पनि गरेँ।  २ वटा म्याराथन जिते पनि।

गोपिचन्द्रले ५ हजार मिटर पनि दौडनुपर्छ भन्ने पहिल्यै सोचेका थिए। किनकी राष्ट्रको खोसिएको मेडल फिर्ता गर्ने बाचा उनले सुरुमै गरेका थिए। त्यसपछि १० हजार मिटरबाट तल झेरेर ५ हजार मिटरमा उनी अभ्यासमा अभ्यस्त हुन थाले।  

‘यो १३ वर्षको तयारी भनौं, आजको यो मेडल त्यसैको मेहनत हो’ मेडल जितेपछि विजयी भावमा उनले सुनाए। 

आज स्वर्ण जित्नु उनका लागि त्यति सहज भने थिएन। 

‘आजको दौडमा भारतीय र श्रीलंकनहरु निकै टफ थिए। उनीहरुमा के थियो भने दौड जित्ने हो। फास्ट कुदेर मात्रै हुँदैन भन्ने थियो’ विपक्षी खेलाडीको पाइन जाँचिसकेका गोपिचन्द्र भन्छन्, ‘उनीहरुको त्यो स्ट्रेटेजी अगाडि मेरो १३ वर्षको मेहनतले हार खाने कुरै थिएन।’

भारत र श्रीलंकाले रणनीति बनाइरहेका थिए। अगाडि भाग्दिने, छेक्दिने, जस्ता अनेक अवरोध दौडका क्रममा आए।

‘भारतले गोल्ड मेडलन नचुकाउन खोजीरहेको थियो। तर मैले मेडल खोस्नु परिरहेको थियो’ दौडको प्रतिस्पर्धा सम्झन्छन् गोपिचन्द्र, ‘जितेको मेडल जसरी हुन्छ फेरि खोस्नुछ मैले भन्ने मेरो दिमागमा थियो।’ 

गोपिचन्द्रमा विश्वास थियो, देश, एथ्लेटिक्स संघ र राजेन्द्रको खोसिएको मेडल फिर्ता ल्याउनुछ। दर्शकलाई खुसी दिनुछ। त्यही सम्झिएर उनी दौडिए।

अन्नत गोल्डमेडल हात पनि पारे।

र, भने ‘राजेन्द्रको खोसिएको गोल्डमेडल फिर्ता ल्याएँ।’ 

स्वर्ण पदक हात पारेपछि आफ्नो पहिलो सोच पुरा भएको बताउँदै गोपिचन्द्रले भने, ‘अब मेरो टार्गेट भनेको म्याराथन खेलेर हाम्रो लेजेण्ड गुरु बैठकुण्ठ मानन्धरको कीर्तिमान तोड्नु हो।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्‍यो, साँझसम्म सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्