काठमाडौं– काठमाडौं– १३ औ साग अन्तर्गतको फुटबलमा नेपालले भुटानलाई ४–० ले पछाडि पारेको छ। नेपालका सुजल श्रेष्ठले खेल सुरु भएको ४ मिनेट ३० सेकेन्डमै भुटानविरुद्ध पहिलो गोल गर्न सफल भएका थिए भने सुजलले नै ५० औं मिनेटमा दोस्रो गोल गरेका थिए। यस्तै, ६५ औं मिनेटमा अभिषेक रिजालले गोल गरेर नेपाललाई ३–० को अग्रता दिलाएका थिए। यसैगरी, खेलको ७६ औं मिनेटमा मिक्चेन तामाङले फ्रि किकमार्फत् चौथो गोल गरेका थिए।
सागअन्तर्गत पुरुष फुटबलमा नेपाल डिफेन्डिङ च्याम्पियन हो। साग फुटबलमा भारतले भने भाग लिएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।