• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
पञ्चेश्वरका विषयमा भएका ५ सहमतिः लेखापरीक्षण आलोपालो, डिपिआर ‘टिम अफ एक्सपर्ट’ले टुंग्याउने
64x64
हेमन्त जोशी मंगलबार, मंसिर १७, २०७६  ०९:५०
1140x725

काठमाडौं- पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा अघिल्लो हप्ता नेपाल र भारतका उर्जा सहसचिवस्तरीय ‘जोइन्ट वर्किङ ग्रुप’ र पञ्चेश्वर विकास प्राधिकरणको संचालक समितिस्तरीय ‘जोईन्ट गभर्निङ’ बडीको बैठक भारतमा बस्यो। ती दुवै बैठक पञ्चेश्वर परियोजनाका मूलभूत विषयमा प्रवेश नै नगरे पनि विभिन्न ५ वटा विषयमा सहमति गरि टुंगिएको बैठकमा सहभागि एक अधिकारीले बताएका छन्।

आयोजनाको डिपिआर टुंग्याउन टिम अफ एक्सपर्टको समय एक वर्ष थप्ने, पञ्चेश्वर विकास प्राधिकरणको लेखा परीक्षण आलोपालो गर्ने, यो परियोजनामा काम गरेका भारतीय कर्मचारीले नेपालमा तिर्न बाँकी कर तिर्ने, परियोजनाको व्यवस्थापन र खरिद प्रकृयालगायत विषयमा कन्सल्टेन्ट कम्पनीले तयार पारेको मस्यौदामाथि विस्तृत छलफल गर्ने सहमति भएको हो। परियोजनाको डिपिआर, लाभका आधारमा लगानी र महाकालीको पानी बाँडफाँटका विषयमा छलफल नै नभएको ती अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।

‘पञ्चेश्वरको डिपिआरको विषय त्यहाँ छलफल नै भएन। बरु हाल निष्क्रिय अवस्थामा रहेको ‘टिम अफ एक्सपर्ट’लाई पुनः सक्रिय बनाएर डिपिआर टुंगो लगाउने जिम्मा उसैलाई दिने सहमति भएको छ,’ श्रोतले भन्यो। परियोजनाको ‘डिपिआर पहिल्यै तयार छ। तर, भारतले तयार पारेको उक्त डिपिआरमा नेपालले धेरै विषयमा विमति राख्दै आएको छ। त्यसलाई टिम अफ एक्सपर्टको बैठकमार्फत् टुंग्याउने सहमति भएको हो,’ बैठकमा संलग्न ती अधिकारीले भने।

भारतको जल आयोग र नेपालको उर्जा आयोगका सचिवहरूको संयोजकत्वमा टिम अफ एक्सपर्ट रहेको छ। टिम अफ एक्सपर्टको म्याद २०१९ मार्च मै सकिइसकेकोमा त्यसलाई २०२० मार्च सम्मका लागि नवीकरण गरिएकोछ। यद्यपि डिपिआरका सबैकुरा टिम अफ एक्सपर्टले टुंग्याउन नसक्ने श्रोत बताउँछ। ‘सबै कुरा टिम अफ एक्सपर्टले टुंग्याउन सक्छ भन्ने मलाई लाग्दैन। किन कि यसमा दुई देशबीचको सम्बन्ध र राजनीतिक विषय पनि छ,’ श्रोत भन्छ।

वर्किङ ग्रुप र गभर्निङ बडीको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको व्यवस्थापनसँग सम्बन्धित लेखापरीक्षण, कर निर्धारणका विषयमा पनि छलफल भएको र केहि सम्झौतासमेत भएको श्रोतको भनाई छ।

पञ्चेश्वर विकास प्राधिकरणमा काम गरिरहेका कर्मचारीको तलब सुविधा र भारतीय कर्मचारीले नेपालमा तिर्न बाँकी कर तिर्ने सहमति भएको छ। महेन्द्रनगर कर कार्यालयले उनीहरुको कर निर्धारण समेत गरिसकेको छ। कति कर्मचारीहरु भारत फिर्ता गइसकेका छन् भने कति कर्मचारीले प्राधिकरणको जागिर नै छोडिसकेका छन्।

यसअघि भारत सरकारले अर्थमन्त्रालयलाई कर मिनाहाका लागिभन्दै पत्र पठाएको थियो। त्यसमा नेपाल सरकारले त्यसलाई अस्वीकार गरेपछि भारतले फेरी पञ्चेश्वर विकास प्राधिकरणबाटै कर्मचारीको कर तिर्नुपर्ने अडान राखेको थियो। तर, नेपालले व्यक्तिको पैसा प्राधिकरणले नतिर्ने अडान राखेपछि भारतपक्ष कर्मचारीबाटै कर असुल गराउने विषयमा सहमत देखिएको हो।

त्यस्तै, पञ्चेश्वर विकास प्राधिकरणको लेखापरीक्षण कसले गर्ने भन्ने विषयमा पनि सैद्धान्तिक सहमति भएको छ। प्राधिकरण स्थापना भएदेखि लेखापरीक्षण भएको छैन। पञ्चेश्वर विकास प्राधिकरण नेपाल र भारतको संयुक्त लगानीमा स्थापना भएका कारण त्यसको लेखापरीक्षण कसले गर्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको थिएन। तर, यो बैठकबाट संयुक्त आयोजनाको लेखापरीक्षण एक वर्ष नेपाल र एक वर्ष भारतले गर्ने गरी सहमति भएको श्रोतको भनाई छ।

Ncell 2
Ncell 2

हालसम्म हुन बाँकी रहेको लेखापरीक्षण तत्काल गर्नका लागि भारतको अडिटर जनरल (महालेखा परीक्षक)ले पाउने गरी एउटा छुट्टै संयन्त्र बनाउने र सोही संयन्त्रमार्फत् बाँकी रहेको लेखापरीक्षण गराउने पनि सहमति भएको हो। प्राधिकरणमार्फत् हुने खरिद प्रक्रिया, कर प्रक्रियालगायत विषयहरु टुंग्याउनका लागि कन्सलटेन्ट कम्पनीले तयार पारेको मस्यौदा कार्यान्वयनका लागि पनि दुई पक्षबीच सहमति भएको बताइएकाे छ। 

१ सय ४ विषय अझै टुंगिन बाँकी

पञ्चेश्वर बहुउद्देश्शीय परियोजनाको डिपिआर निर्माणका लागि अन्तिम रुप दिन गठित विज्ञ समूह (टिम अफ् एक्सपर्ट)को तेस्राे बैठक गत फागुनमा नेपालमा बसेको थियो। परियोजनाका सन्दर्भमा दुई देशबीचका केही विमतिलाई उक्त बैठकले टुंग्याए पनि अझै १ सय ४ वटा विषयमा नेपाल र भारतको सहमति जुट्न सकेको छैन।

परियोजनाको डिपिआरले पूर्णता नपाउनुमा सबैभन्दा ठूलो कारण मानिएको दुई देशबीचको पानी बाँडफाँट र लाभका आधारमा लगानीको विषयले भने विज्ञ समूहको तेस्राे बैठकमा प्रवेश नै पाएको थिएन। यहि विषयमा कुरा नमिल्दा विज्ञ समूहको दोस्राे बैठकमा छलफल भएर टुंग्याइएका विषयहरु पनि अन्तिम रुप दिन सकिएको थिएन। दिल्लीमा भएको उक्त बैठकमा तयार पारिएको माइन्युटमा हस्ताक्षर भएको थिएन।

भारते अहिले तल्लो शारदाबाट लाखौं हेक्टर जमिनका लागि सिंचाई सुविधा लिइरहेको छ। जसकारण माथिल्लो शारदाबाटै पानी बाँडफाँट गर्दा तल्लो शारदामा भारतले पानी कम पाउँने भएपछि यो विषय टुंगो लाग्न नसकेको हो। त्यस्तै नेपालको प्राथमिकतामा उर्जा र भारतको प्राथमिकतामा सिंचाई भएका कारण पनि यो विषय पेचिलो बन्दै आएको छ।

पञ्चेश्वर आफै जलाशययुक्त आयोजना भएका कारण पानी तल्लो शारदामा नजाने भएपछि भारतले यो आयोजनालाई त्यति प्राथमिकतामा नराखेको देखिन्छ। बाँध बाँधेपछि वर्षायाममै तल्लो शारदामा पानी रोकिने भएका कारण भारतले तल्लो शारदाबाट मात्र पानी बाँडफाँट गर्नुपर्ने अडान राख्दै आएको छ।

हालसम्म आयोजनाको न्यूनतम उत्पादन क्षमता (फर्म एनर्जी)सम्बन्धि टुंगो लागि सकेको छ भने प्रसारण लाइन विस्तार, रुपालिगाड ड्याम निर्माणलगायत विभिन्न प्राविधिक विषयहरुमा प्रारम्भिक सहमति भइसकेको छ। दुई दशकदेखि न्यूनतम उत्पादन क्षमता अर्थात ‘फर्म इनर्जी’का सम्बन्धमा दुई देशबीच रहँदै आएको विमति गत फागुनमा बसेको टिम अफ एक्सपर्टको बैठकले टुंगाएको थियो। पानीको बहाव उच्च बिन्दुमा हुँदा विद्युत् उत्पादन १० हजार गीगा आवर अर्थात १० अर्ब युनीट हुनेमा पनि दुवै पक्ष सहमत भइसकेका छन्।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले तोड्न सक्लान् महाकाली सिँचाइमा भारतको अड्को?

भारतीय प्रधानमन्त्री मोदीले बिर्सेको पञ्चेश्वरको 'त्यो बाचा'

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्