• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हारभित्रको कथा : नेपाली बाआमाकी भारतीय छोरी!

64x64
ऋग्वेद शर्मा मंगलबार, मंसिर १७, २०७६  ०२:२१
1140x725

काठमाडौं- १२ वर्षको उमेरमा ३ सय रुपैयाँ लिएर भाग्दै भारत पुग्दा गंगा थापालाई थाहा थिएन, किन भागें! लहलहैमा भागेर हिँडेका उनले जहाँ पुगे त्यहीँ भविष्य खोज्न थाले। उनकै भाषामा- ‘जीविकाकै लागि केसम्म पो गरेनन्।’

४० वर्षअघि भागेर हिँडेको भूमिमा गंगा फेरि फर्किएका छन्। बीचमा एक पटक बिहे गर्न र अरु केही पटक आफन्त भेटघाट गर्न नेपाल आएका थिए। तर यसपटक उनको फिर्तीको कारण भिन्न छ। 

यो कारणको सम्बन्ध स्याङ्जा चापाकोटसँग जोडिन्छ। जहाँबाट गणेश थापा १३औँ दक्षिण एसियाली खेलकुद (साग) हेर्न काठमाडौं आएका छन्। तर, उनले नेपाली खेलाडीको समर्थनमा होइन भारतीय खेलाडीको हौसलाका लागि लामो बाटो तय गरे। नगरुन् पनि किन, उनकी भतिजी जो खेलिरहेकी छिन्। 

गणेशकी भतिजी र गंगाकी छोरी शिल्पा थापा भारतीय तेक्वान्दो टिमबाट सागमा सहभागी हुन नेपाल आएकी हुन्।

नेपाली बाआमाकी ‘भारतीय छोरी’ उनी सोमबार नेपाली खेलाडीसँग नै पराजित भइन्। शिल्पा भारतीय टिमकी आशलाग्दी खेलाडी हुन्। उनका प्रशिक्षकले समेत शिल्पाको हार विश्वास गर्न नसके जस्तो गरिरहेका थिए। 

‘यो पटक दाइको लागि खेलेको थिएँ, तर जित्न सकिनँ’ शिल्पाले चिउँडोसम्मै आँसुको ढिक्का खसालेर दाइलाई गर्लम्म अङ्गालो हालिन् र धक फुकुनजेल रोइन्। उनको रुवाइमा हारको पीडा यसरी झचल्किएको थियो कि- ‘मैले कसरी हारे!’ विश्वास गर्न सकिरहेकी थिइनन्। 

सातदोबाटो तेक्वान्दो हलमा महिला १७ वर्षमाथि २३ वर्षमुनिको टिम पुम्सेतर्फ शिल्पा, गीता यादव र ममता कुमारी साह रहेको भारतीय टिम नेपालका निशा दर्नाल, स्वस्तिका तामाङ, सञ्जिला तिमल्सिनासँग पराजित भए। यहि उमेरसमूहको युगल पुम्सेमा शिल्पा र कुनाल कुमारको जोडी श्रीलंकाका मुनि र रनुकाको जोडीसँग पराजित भए। 

Ncell 2
Ncell 2
nimb
nimb

युगल पुम्सेमा स्वर्ण गुमाउनु पर्दा शिल्पा सम्हालिएकै थिइन्। तर जब टिम पुम्सेमा पनि स्वर्णबाट पछि परिन् तब उनले आफूलाई सम्हाल्न सकिनन्। ०.०१ को अन्तरले पराजित हुनुपर्दाको पीडाले हो या नेपाली टिमको खेल चलिरहँदै शिल्पाका प्रशिक्षकको उर्फाइ देखेर हो, उनलाई आफू हारेको विश्वासै भएन।  

टिमका रहेका दुई साथी हार स्वीकार गरेर निन्याउरो भएर बसिरहँदा शिल्पा भने दाइलाई अँगालो हालेर लगातार रोइरहिन्। त्यसैले होला पदक लगाउने बेलामा पनि भारतीय प्रशिक्षक र व्यवस्थापकले भनिरहेका थिए- ‘केही चिन्ता छैन, यो मेडल गोल्ड नै हो, गोल्ड नै हो।’ 

पदक लगाएर आएपछि शिल्पाले आफ्नो पदक बुबा गंगाको गलामा लगाइदिइन्। बुबाले त्यसलाई फेरि शिल्पाकै गलामा फर्काइदिए र अँगालो हाले। शिल्पा फेरि भावुक बनिन्। ठूलो बुबा गणेशलाई अँगालो हालिन्। भतिजीको निराशा खुसीमा बदल्न गणेश भनिरहेका थिए- ‘यति जित्नु सानो कुरा होइन नि नानी, यहीँ नपुग्ने कत्ति छन्। तिमीले जित्यौ।’ 

भारतीय टिमका खेलाडीले मीठो लवजमा नेपाली बोलिरहेको देखेर खेलअघि नै तेक्वान्दो हलमा शिल्पातिर धेरैको ध्यान गइरहेको थियो। उनका दाइले पनि दर्शकदिर्घामा नेपालीमा नै कुरा गरिरहेका थिए। त्यसबेला मानिसहरूको अनुमान थियो- ‘आसामतिरकी नेपाली भाषी होलिन्।’ 

तर, स्याङ्जादेखि शिल्पाको समर्थनमा आएका गणेशलाई भेटेपछि थाहा लाग्यो, नेपाली बाआमाकी ‘भारतीय छोरी’ को जन गण मन भित्रको कथा। 

कुरा आइनै हाल्यो शिल्पाका बुबा गंगा १२ वर्षको उमेरमा भागेर भारत पुगेको। सानोमा गाउँकै कुनै मान्छेसँग रेलमा गएको केही कुरा उनलाई याद छ। त्यसपछि दिल्ली कसरी पुगियो र के के गरियो भन्ने सम्झनाका स्पष्ट कथा त असाध्यै लामो। बुझ्न सकिने कुरा के भने- ३ सय रुपैयाँ खल्तीमा बोकेर दिल्ली पुगेको १२ वर्षको केटाले के के मात्रै दुःख पायो होला, अनुमान नै पनि लगाउन सकिन्छ। 

उनी सुनाउँछन्- ‘गएकै भोलिपल्टबाट नै नोकरी सुरु गरेको हो। नोकरीसँगै त्यहीँ नै कराते पनि सिक्न थालें। त्यसपछि विस्तारै दिनहरु फेरिँदै गयो।’ 

पहिले सोतोकान करातेमा आफ्नो क्षेत्रमा उनी उत्कृष्ट खेलाडी नै बनेको सुनाउँछन्। करातेमा ब्ल्याक बेल्ट भएपछि उनी दुई वर्ष तेक्वान्दो सिक्न गए। तेक्वान्दो सिकेको दुई वर्षपछि त प्रशिक्षक नै बनिहाले। 

दुई छोरी र एक छोराका पिता गंगा तेक्वान्दोको अन्तर्राष्ट्रिय मास्टर नै हुन्। भारतमा तेक्वान्दो सेन्टर नै खोलेर उनी बालबच्चालाई तेक्वान्दो सिकाउँछन्। सन् १९९१ देखि नै आफूले भारतमा तेक्वान्दो सिकाउन थालेको गंगा बताउँछन्।  

२०१५, २०१७ मा दक्षिण कोरियामा तेक्वान्दो प्रतिस्पर्धामा गएर पदक जितेका उनले अहिलेसम्म छोराछोरी लेखाउने पढाउने, घर चलाउने सबै काम तेक्वान्दोबाट नै भइरहेको गर्वले सुनाउँछन्। तीन सय रुपैयाँ बोकेर ठेगानविहीन बनेर भागेका उनीसँग अहिले आफ्नै घर छ। 

नानीलाई साढे ३ वर्षदेखि नै सिकाउन थाले। कोरियामा चुनचुन अन्तर्राष्ट्रिय तेक्वान्दा प्रतिस्पर्धामा उनले छोरीलाई पनि लिएर गएका थिए। उनको छोरा खेरोकी फाइटको खेलाडी हुन्। लेगामेन्टमा समस्या आएर तीन पटक अप्रेसन गरेको भएर छोरा अहिले आराममा छन्। आराममै रहे पनि बहिनीले सागमा प्रतिस्पर्धा गर्दा हौसला बढाउन उनी नेपालमा नै छन्।

उनकी ठूली छोरीको सम्बन्ध पनि नेपालसँग गाढा हुँदैछ। आफ्ना सन्तानबारे बताइरहँदा खुसी हुँदै खल्तीबाट मोबाइल झिकेर उनले ठूली छोरी नाचेको भिडियोसमेत देखाउन भ्याइहाले। ‘यो गीतमा नाचिरहेको छ नि, हो यो मेरो ठूलो छोरी हो।’ दुई हप्ताअघि सार्वजनिक भएको राजु लामाको ‘विस्तारै विस्तारै’ बोलको गीती भिडियोमा अभिनय गर्ने नैना थापा उनकी ठूली छोरी हुन्। 

आफू सानैमा भागेर हिँडे पनि सन्तानमार्फत नेपालसँगको सम्बन्ध जोडिइरहेकाले गंगा खुसी देखिन्छन्। भन्छन्- ‘मैले जति गर्नु गरिहालें, अब त यिनीहरुकै समय त हो। आफूले बढी नपढे पनि छोराछोरीले राम्रो पढुन् भन्ने लाग्छ। मैले जुन दुःखको दिन देखेँ छोराछोरीले त्यो दिन देख्न नपरोस् भन्ने छ।’

यो सबै खुसीहरुमा पनि आज भने गंगाको मन अलि अलि चसक्क छ। आफूले साढे ३ वर्षको हुँदादेखि तेक्वान्दो सिकाएको सानी छोरी शिल्पाले साग खेलकुदमा स्वर्ण जित्न सकिनन्। 

‘नानीको खेल राम्रो लाग्यो, राम्रै खेलेको थियो। तर अब नेपालमा... के भनम र मैले। अलिकति उन्नाइस बीस भएको भए हो भन्न हुन्थ्यो, जुन तरिकाले खेल भयो र जुन मेडल पाउनुपर्ने हो उसले पाएन। अलिकति चित्त पनि दुख्यो’ छोरीको आँसु हेर्दै उनले दुःखेसो गरे। 

तर केही हौसला भने बढेकै छ- ‘यहाँसम्म आउनु राम्रो हो। भारतबाट आएर नेपालमा दक्षिण एसियाली तेक्वान्दो खेलमा मेडल मार्नु सानो कुरा होइन, त्यसैले खुसी पनि छु।’

गंगा सुनाउँछन्, भारतमा तेक्वान्दो राम्रो छैन। असाध्यै राजनीति घुसेको छ। संघहरु नै पाँच वटा छन्। त्यसले गर्दा एकरुपमा काम भएको छैन। दुई वर्षभन्दा बढी एक व्यक्तिले चलाउँदैन।  उनी भन्छन्- ‘त्यो सबै हेरेर त नेपालमा धेरै राम्रो छ। तेक्वान्दोमा त नेपाललाई दोस्रो कोरिया भनेर नै चिनिरहेका हुन्छन्। धेरै देशले चिन्छ। नेपाल यसरी अगाडि बढेको देख्दा मलाई असाध्यै खुसी लाग्छ।’

यस्तो छ भनेपछि आफू पनि नेपालबाटै खेलेको भए हुने छोराछोरी नेपालमा खेलुन् भन्ने लाग्दैन त? 

प्रश्न सुनेर गंगा भन्छन्- ‘म नेपालमा नै बसिरहेको भए पनि खेलाडी नै हुन्थें कि जस्तो लाग्छ। भारतमा गएर गर्न सकें भने यहाँ पनि खेल्न सक्थें नै होला। नेपालमा नै खेल्न पाएको भए हुन्थ्यो, यतै चिनिन पाएको भए हुन्थ्यो भन्ने त लाग्छ नै। तर के गर्नु सानोमा नै उता पुगियो। उतै खेल खेल्न थालेँ। अब नानीहरु पनि उतै जन्मिए, सबैले आफ्नो इच्छाको बाटो रोजे।’ 

गंगा भन्छन्- ‘नागरिकता भारतको भए पनि यिनी नेपालीको छोरी त हो। नेपालीको एउटा बच्चा यति माथिसम्म आइरहेको छ। खुसी लाग्छ।’ 

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
किन तानिए सिराहाका सिडिओ पौडेल ? आइतबार, असोज ४, २०८३
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू आइतबार, असोज ४, २०८३
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्