• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जो आवाजलाई क्यानभासमा उतार्छिन् 

64x64
निर्मला घिमिरे मंगलबार, मंसिर १७, २०७६  ०६:२०
1140x725

काठमाडौं- रंगले लत्पतिएको हातका औंला। छेवैमा रातो, कालो, निलो, पहेलो रंगका डिब्बा र ब्रस। 

क्यानभासमै तल्लीन युवति पुलुक्क हेर्छिन्। 

‘कति राम्रो बनिसकेछ पेन्टिङ,’ यो प्रतिक्रियापछि उनी मुसुक्क मुस्कुराउँछिन्। र, पुनः क्यानभासमै तल्लिन हुन्छिन्। 

अघिल्लो दिनको भेटमा नै उनले इसारा गरेकी थिइन्, ‘म बोल्न सक्दिनँ, कान पनि सुन्न सक्दिनँ, भोलि दोभासेसँग कुरा गर्नुस् है।’ 

‘तपाईँ लेख्न सक्नुहुन्छ ?,’ मैले उनलाई सोधें।

उनले इसारामै भनिन्, ‘सक्छु’। 

‘रश्मी अमात्य हात्तीवन ललितपुर। सांस्कृतिक महिला बोली।’ उनले डायरीमा लेखिदिएकी थिइन्। 

भोलिपल्टको भेटमा आफू नजिकै उभिइरहेको पुरुषतर्फ इसारा गर्दै देखाइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ऊ....... दोभासे। 

उनी मुसुक्क हाँसिन् र पुनः क्यानभासमै फर्किइन्। 

‘म रश्मी अमात्यको श्रीमान हरि अधिकारी। अमात्य हैन है फेरि अमात्य लेख्नु होला नि,’ हरि जोडजोडले हाँसे। 

‘उनी सधैँ पावरफूल रंग प्रयोग गर्छिन्, आफू बोल्न नसके पनि आफ्नो आवाज र महिला सशक्तिकरणका विषय क्यानभासमा उतार्छिन्’, मन खोलेर हाँस्दै सुनाउँछन् हरि। 

Xtrem

Xtrem

नेवारी संस्कृतिलाई दुरुस्तै क्यानभासमा उतारिरहेकी रश्मीले पुनः उनका श्रीमानतर्फ पुलुक्क हेरिन्। ‘के भन्नु भएको ?’ हातको इसाराले रश्मीले प्रश्न गरिन्। 

‘तिमीले एकदम राम्रो पेन्टिङ गर्छौ भनेर मैले उहाँलाई सुनाएको,’ हातको इसारासँगसँगै हरि बोल्छन्। 

९ वर्षदेखि हरि र रश्मीको जिन्दगीको सिलसिला इसारासँगै चलिरहेको छ। 

यो गज्जबको कथा यसरी सुरु हुन्छ।  

आजभन्दा १२ वर्षअगाडि हरि रंगमञ्चमा काम गर्थे। थिएटर सँगसँगै उनी टेलिफिल्मतिर पनि सक्रिय थिए। 

एउटा टेलिफिल्मको सुटिङको दिन थियो।

 

आमाको साथमा आएकी एउटी राम्री केटी जो पहिलो नजरमै हरिलाई मन पर्‍यो। तिनै थिइन् रश्मी अमात्य। 

रश्मीकी आमा पनि रंगमञ्चमै काम गर्ने भएकाले हरिसँग राम्रो चिनजान थियो। आमासँग चिनजान भएकाले पहिलो नजरमै मन परेकी रश्मीसँग नजिकिन हरिलाई समय लागेन। 

हेर्दा सामान्य अवस्थाकी युवतिजस्तै देखिने रश्मीको वास्तविकता सामान्य थिएन। उनी बोल्न र सुन्न नसक्ने थिइन्। तर हरिलाई रश्मीको शारीरिक अशक्तताले कुनै असर पारेन। 

‘माया भनेर त्यस्तो गाढा पनि होइन, कामको सिलसिलामा देखभेट हुन्थ्यो। भेट हुँदाको समयमा इसारामै कुरा हुन्थ्यो। उनीसँग केही नजिक आभास हुन्थ्यो,’ हरि सुनाउँछन्। 

उनीहरू बीच फोन नम्बर र ईमेल पनि साटासाट भयो।

यसै बीचमा हरिलाई फेरि अस्ट्रेलिया मोहले तान्यो। सन् २००९ मा रंगमञ्च छाडेर हरि अस्ट्रेलिया पुगे। अब रंगमञ्चमा हरि र रश्मीको भेट हुन छाड्यो। त्यतिबेला हरि र रश्मीबीच ईमेलमार्फत कुराकानी हुन्थ्यो।

अस्ट्रेलिया पनि सुनेजस्तो अस्ट्रेलिया रहेनछ। नेपालमा रंगमञ्चसँग घुलेका हरिले त्यहाँ रंगमञ्चको काम पाएनन्।  

अस्ट्रेलियामा पनि रश्मी जस्तै शारीरिक अशक्तता भएका व्यक्तिहरूसँग नजिकिएर काम गर्ने अवसर पाएका थिए हरिले। त्यसैबेला शारीरिक अशक्तता भएका व्यक्तिको क्षमता र कलालाई झन् नजिकबाट बुझ्ने मौका पनि मिल्यो। 

रश्मीको झझल्को पनि बढ्न थाल्यो। ईमेलमार्फत कुराकानी बाक्लिन थाल्यो। 

‘त्यतिबेलाचाहिँ साँच्चिकै रश्मीसँग प्रेममा परिसकेछु’ हरि मुसुक्क मुस्कुराउँछन्। 

उनले रश्मीले क्यानभासमा उतारेका पेन्टिङ ईमेलमार्फत्  मागेर हेर्न थाले। त्यसैमा टोलाउन थाले। 

रश्मीको अद्भूत कलाले हरिको मन पग्लन थाल्यो। 

‘रश्मीले अवसर पाए उनी अगाडि बढ्न सक्छिन् भन्ने मलाई लाग्न थाल्यो, मेरो मन रश्मीसँग नजिक हुन चाहन्थ्यो’, हरि सम्झन्छन्, ‘खै किन–किन मलाई रश्मीसँगै हुन मन लाग्यो। मैले उनलाई सिधै मेसेज गरेँ बिहे गरौँ म तिमीलाई लिन आउँछु।'

‘हुन्छ। घरमा ममी बाबासँग कुरा गर्न आउनुस्’, रश्मीले ईमेलमार्फत् जवाफ दिइन्। 

हरिको मन खुसीले गद्गद् भयो। अस्ट्रेलिया पुगेको एक वर्षपछि उनी रश्मीलाई आफूसँगै लैजान फर्किए। 

रश्मी ललितपुरको कुपण्डोलमा जन्मिएकी नेवार समुदायकी छोरी। हरि लमजुङमा जन्मिएका ब्राम्हण समुदायका छोरा। 

प्रेमजस्तो सजिलो बिहे थिएन। 

अझ रश्मीको शारीरिक अशक्तताले अप्ठ्यारो मोडमा पुर्‍याएको थियो। 

हरिले त सबै स्वीकार गरेरै आँट गरेका थिए। तर परिवारलाई फकाउन निकै गाह्रो पर्‍यो। 

‘तैँले अरु कोही पाउँदैनस् बोल्न नसक्ने केटीसँग किन बिहे गर्नुप¥यो भनेर आमाले त मान्दै मान्नु भएको थिएन’, हरि सम्झन्छन्, ‘मैले आमालाई धेरै सम्झाएँ। आमाले कान पनि नसुन्ने, बोल्न पनि नसक्ने बुहारीले हामीलाई कसरी पाल्छे भन्ने पीर गर्नु भएको थियो।’

‘अहिले सद्दे मान्छे पछि दुर्घटनामा परेर पनि त अपांग बन्न सक्छ नि। जिन्दगीको के भर छ र आमा ?, मैले रश्मीलाई मन पराइसकेँ, तपाईँलाई मन नपरे टाढै बसौँला सकेको सहयोग गरौँला,’ हरिले आमालाई खुब सम्झाए।

रश्मीकी आमासँग हरिको पहिलेदेखि चिनजान थियो। रश्मीको हात माग्न जान त्यति धेरै कठिन त थिएन।

 तर रश्मीसँग बिहे गरेर उसलाई सक्षम बनाउन सक्छु भनेर परिवारलाई विश्वास दिलाउनु थियो। 

कान पनि सुन्न नसक्ने, त्यसमाथि बोल्न पनि नसक्ने छोरीलाई हरिको जिम्मा लगाउनु चानचुने कुरा थिएन रश्मीको परिवारलाई। 

‘फरक संस्कार, त्यसमाथि पनि छोरी शारीरिक अशक्त छे, बिहे गरेर पाल्न सक्नु हुन्छ ?’ रश्मीका आमाबुबा दुबैको एउटै प्रश्न थियो। 

हरिले हाँसेर भनिदिए, ‘मैले सबै सोचेरै आँट गरेको।’ 

दुवै परिवारसँग कुरा मिलेपछि रश्मी र हरिको बिहे भयो। 

विवाहपछि हरि र रश्मी पुनः अस्ट्रेलिया गए। 

सुन्दा क्या गज्जब अस्ट्रेलिया। 

भोग्दा त्यतिको गज्जब कहाँ थियो र ? 

त्यहाँ न त कुनै रंगमञ्चको काम थियो। न त रश्मीका क्यानभासमा अटाउने दृश्य।

‘अरुले खाएका जुठा भाँडा माझ्ने, सरसफाइ गर्ने काम गर्नुपथ्र्यो। बिस्तारै अस्ट्रेलिया बस्न मन लाग्नै छाड्यो’ हरिले भने,‘भनेको जस्तो काम नपाएपछि अस्ट्रेलिया मोह सेलाउँदै गयो।

मान्छेका सपना असीमित हुन्छन्। पैसाले त मान्छेलाई के पुग्थ्यो। जति भए पनि पुग्दैन। आफू सन्तुष्ट हुन सक्नु पर्छ हरि भन्छन्, ‘मैले डलरसँग दौडिन छाडिदिएँ, आफ्नै देशमा बसेर आफ्नै पेशालाई निरन्तरता दिन मन लाग्यो।’

रश्मीलाई लिएर अस्टे«लिया पुगेका हरि एक वर्षपछि सधैका लागि आफ्नै देश फर्किए। 

मान्छेले आफूभित्रको खुबी चिन्न सक्यो भने ऊ अवश्य अगाडि बढ्न सक्छ। 

रश्मीभित्रको खुबी क्यानभासमा उतारिएका चित्र पढेर बुझिसकेका हरिले रश्मीको क्यानभासलाई थप गाढा बनाउनेतर्फ सोच्न थाले।

रश्मीको कथा सुनाउँदै जाँदा हरि उनको शैशवकालतिर पुग्छन्। 

ललितपुर पाटन वरिपरि खेलेर हुर्र्किएकी रश्मीले नाइटिङ्गेल स्कुलबाट प्राथमिक तहसम्मको अध्ययन मुस्किलले गरेकी थिइन्। 

सामान्य अवस्थाका विद्यार्थी पढ्ने विद्यालयमा भर्ना गरिएकी रश्मीले उनीहरू जसरी कहाँ पढ्न सकिन् र? 

शिक्षक शिक्षिकाहरूले बोलेको उनले सुन्न सक्दिन थिइन्। साथीहरू के लेख्छन् त्यो हेर्थिन् र उनी पनि कापीमा केर्थिन्।

कुन उमेरदेखि चित्र बनाउन थाल्नु भएको ? 

इसाराको प्रश्नमा उनले डायरीमा लेखिदिइन् ‘४ वर्ष।’

सिसाकलमको सहायताले कापीमा कोरेका चित्र मेटिए पनि उनको स्मृतिमा अझै उस्तै छन् ती चित्र। 

साथीहरूले खाली पाना अक्षरले भर्दा उनले केरेर विभिन्न आकृति बनाउँथिन्। सुन्न र भनेको बुझ्न नसक्ने भएपछि उनको अध्ययन निम्न माध्यामिक तहपछि टुंगिएको थियो। 

‘अस्ट्रेलियाबाट आएपछि मैले उनलाई प्राइभेट एसएलसी दिन लगाएँ, त्यसपछि सिर्जना क्याम्पस भर्ना गरिदिएँ’ उनी सुनाउँदै थिए। 

रश्मीले फेरि इशाराबाटै प्रश्न गरिन् के भन्नु भएको ?

‘तिमीले केयुबाट ब्याचलर इन फाइन आर्ट गरेकी छौँ भनेको’ इशारासँगसँगै हरिले भने।

रश्मीको मुहारमा मुस्कान थपियो। 

एक वर्षअगाडि मात्रै रश्मीले काठमाडौं युनिभर्सिटीबाट फाइन आर्टमा स्नातक गरिसकेकी छन्। 

अहिले रश्मीले आफ्नो क्यानभासलाई व्यवसायका रुपमा विकास गरिसकेकी छन्। आफ्नो क्यानभासमा महिला सशक्तिकरण, स्वतन्त्रता, महिलाहरूको शक्ति, आवाज र संस्कृति परम्परालाई उतार्छिन्। आवाजविहीनहरूले संकेतका माध्यमबाट कसरी आवाज बुलन्द गर्छन्, उनका क्यानभासमा यस्ता विषय पनि समेटिएको देख्न सकिन्छ। 

क्यानभासका पारखीहरू देश तथा विदेशबाट रश्मीका पेन्टिङहरू किनेर लैजान्छन्। 

‘कतिले त विदेशबाटै अर्डर गर्नुहुन्छ, विभिन्न सांस्कृतिक परम्परा झल्किने पेन्टिङ मगाउनु हुन्छ’, हरि भन्छन्, ‘कतिले आफ्नो फोटो र पैसा पठाउनु हुन्छ। रश्मीले त्यस्लाई क्यानभासमा दुरुस्तै उतार्छिन् र हामी कुरियर गरेर पठाइदिन्छौँ।’ 

विदेशमा बसेका नेपालीमार्फत् चिनजान भएका विदेशीले पनि रश्मीको कलालाई मन पराउँछन्। पेन्टिङहरू साथीभाइमार्फत् मगाउँछन्। 

क्यानभासमा पुस्तकका कभरहरू पनि रश्मीले डिजाइन् गर्छिन्। अर्डरअनुसार सबै काम रश्मीले गर्छिन्। 

रश्मीका सारथी हरिले कामको अर्डर ल्याउने, मार्केटिङ गर्ने डेलिभरी गर्नेलगायत काममा सहयोग गर्छन्। यससँगसँगै उनी रंगमञ्चतर्फ पनि उत्तिकै सक्रिय छन्। आम्दानी पनि निकै राम्रो भइरहेको छ। 

‘बिहेपछि रश्मीको सफलता भनेकै यही होला, बोल्न र सुन्न पनि नसक्ने रश्मीमा निकै आत्मविश्वास बढेको छ’ हरि भन्छन्, ‘अहिले उनी केही शब्द उच्चारण गर्न सक्ने पनि भएकी छन्, ‘सबै कुरा बोल्न नसके पनि हामीले के बोल्दा कसरी मुख चलाउछौँ  हेरेरै उनले सजिलै बुझिहाल्छिन्।’ 
पुरानो कुरा स्मरण गर्दै हरि थप्छन्, रश्मीलाई माइतबाट पनि सपोर्ट थिएन। छोरी बोल्न र सुन्न सक्दिनँ भनेर ढुक्कले अरुलाई सुनाउन आमाबुबा पनि हिचकिचाउनु हुन्थ्यो। 

कुरै कुरामा हरिले एउटा निकै घत लाग्दो प्रसंग सुनाए। 

रश्मीलाई लिएर हरि एकपटक आफ्ना जन्मथलो भोटेओडार लमजुङ गएका थिए। 

अब काठमाडौं कहिले फर्किने बुहारी? गाउँलेले रश्मीलाई सोधेको प्रश्नको जवाफ हरिकी आमाले हस्याङ्फस्याङ गर्दै दिएकी थिइन्, ‘यिनीहरू छिट्टै फर्किन्छन्।’ 

‘बुहारीले सांकेतिक भाषा प्रयोग गरी भने बोल्न सक्दिनँ रैछे भन्ने थाहा हुन्छ भनेर रश्मीलाई सोधेको प्रश्नको जबाफ पनि आमाले आफैँ हतारै दिनु हुन्थ्यो’ विगत सम्झँदै हरि हाँसे। 

हरेक व्यक्तिभित्र आफ्नो खुबी हुन्छ। त्यो खुबीलाई बुझ्न सक्यो भने कोही पनि कमजोर भएर बाँच्नु पर्दैन। अहिले रश्मीमा आत्मविश्वास थपिएको छ।

 रश्मीलाई हेर्ने परिवारको नजर पनि बदलिएको छ। 
०००


 

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्