काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेतर्फ पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ।
सातदोबाटोमा भएको फाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो। नेपाली पुरुष टिम कातामा मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविन मानन्धरले २५.५४ अंक प्राप्त गर्दा श्रीलंकाका खेलाडीले २५.२८ अंक ल्याए।
यसअघि नेपालले बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो। नेपालले २५.१४ अंक बनाउँदा बंगलादेशले २४.८८ अंक बनाएका थिए।
योसँगै नेपालले करातेमा ३ स्वर्ण जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।