काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेतर्फ महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ।
नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो। टिम कातामा सरु कार्की, निर्मला तामाङ र संगीता मगरले जितेका हुन्।
नेपालले २४.८८ अंक ल्याउँदा २३.३ अंक ल्याए।
यसअघि नेपालका मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए। उनले एकल कातातर्फ पाकिस्तानलाई नमितुल्लाहलाई पराजित गरेका थिए। महिला एकल कातार्फ चञ्चला दनुवार पाकिस्तानका खेलाडीसँग पराजित हुँदै रजत पदक जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।