• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सागको भव्य उद्घाटन : झिलिमिलीमा छोपिए शंकाहरू

64x64
ऋग्वेद शर्मा आइतबार, मंसिर १५, २०७६  २२:५३
1140x725

काठमाडौं- १० दिनअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुग्ने जोकोहीको मनमा लाग्थ्यो– ‘यहाँ साग खेलकुद होला र!’ तर आइतबार १३औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन भयो। 

१० दिन अघि मात्र होइन भिआइपी प्याराफिटतर्फको काम नियाल्नेले त दुई दिनअघि पनि सागको उद्घाटन ‘भव्य देखिएला’ भन्नेमा शंका गरिरहेका थिए। भिआइपी प्याराफिटमा चीनबाट ल्याइएको छाना हाल्ने काम दुई दिनअघि मात्रै सकिएको हो। 

अझ एक दिनअघि हिजो शनिबार मात्रै पनि रंगशाला छिर्नेले अचम्म मान्दै भनिरहेका थिए–‘लौ सिट हाल्ने काम नै पो सकिएको छैन त!’

‘म साग खेलकुद सुरु भएको घोषणा गर्दछु’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक सुरुवातको घोषणा गर्दै भनिन्। 

राष्ट्रपतिले साग सुरु भएको घोषणा गर्नु २३ मिनेट अगाडिसम्म सिटमा नम्बर लगाउने काम भने सकिएको थिएन। ‘दाइ यो सिटमा होइन, तल बस्नुस्, यहाँ नम्बर हाल्न बाँकी छ।’ सिटमा नम्बर नहुँदा साग खेलकुदमा ठूलो असर पर्ने त होइन तर अन्तिम समयमा काम गर्ने परिपाटी भने अनौठो छ। सिटको नम्बर लगाउने काम सक्नुअघि नै उद्घाटनको समय आएकाले त्यो काम अझै थाँति नै रह्यो।

सागको झिलिमिलीमा भएको भव्य उद्घाटनसम्म पुग्नुअघि पनि हुँदैन कि भन्ने डर रहिरहनु अन्तिम समयमा छोपछाप पार्ने कामकै परिणाम हो। सागको उद्घाटन कार्यक्रममा बालिएका झिलिमिली बत्ती, आँखाअघिको आकाशै रंगिने गरी भएका आतशबाजी, खेलाडीको झाँकी र राष्ट्रप्रेमले भरिएका साँस्कृतिक प्रस्तुतिले अब भने सागको भव्यतामा शंका गर्ने ठाउँ रहेन। 

यो झिलिमिली प्रत्यक्ष हेर्न नपाएकाहरूले भने अझै शंका गर्न सक्छन्। किनभने टुँडिखेलको घोडेजात्रा जस्तो जसलाई देखायो उसले हेर्न पाउने साग उद्घाटनको चमक सामान्य खेलप्रेमीसम्म कति पुग्यो पुगेन जानकारी छैन। टेलिभिजनमा आइतबार बेलुकी कति घरमा नेपाल टेलिभिजन लाग्यो, यसको निक्यौल त्यसैबाट होला।

Ncell 2
Ncell 2
nimb
nimb

साग उद्घाटनमा आइतबार बेलुकाको अर्को बताउनै पर्ने पक्ष हो प्रधानमन्त्री केपी शर्मा ओलीको डिजिटल आकृतिको प्रस्तुति। राष्ट्रपतिले उद्घाटन गरेको कार्यक्रमको मुख्य केन्द्रमा रहे प्रधानमन्त्री केपी शर्मा ओली। अस्वस्थ रहेका कारण भव्य समारोहमा उपस्थित हुन नपाएका ओलीको उपस्थिति उनको डिजिटल चित्र ठूलो स्क्रिनमा देखाएर भयो। 

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवाल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधनको क्रममा बुद्धभूमि नेपाल, शान्ती, एकता र सम्बृद्धिको ब्याख्यासँगै नछुटाएको अर्को विषय हो– प्रधानमन्त्री ओलीको तारिफ। सबै वक्ताको एउटै विषय रह्यो– ‘प्रधानमन्त्री ओली हुनुहुन्छ र साग सम्भव भयो।’

मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको बेडमा रहेका प्रधानमन्त्री ओलीले आइप्याडमार्फत नै सागको लाइभ हेरे। तर प्रधानमन्त्रीले पनि त्यतिमात्रै देखे जति देखाइयो। 

Xtrem

Xtrem

उद्घाटनका क्रममा ३ घन्टा १६ मिनेटको अवधिमा साग सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत भए।

उद्घाटनका अवसरमा सातै मुलुकको साँस्कृतिक विविधता झल्कने कार्यक्रम पनि प्रस्तुत गरिए। मानवआकृति मार्फत सातै देशको नक्शा रंगशालाको चौरमा देखाइयो। 

७ देशका २ हजार ७ सय १५ खेलाडीले सागमा प्रतिस्पर्धा गर्दैछन्। त्यसमा नेपालबाट सबैभन्दा बढी ५ सय ९४ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ। यसमा अभ्यासको क्लोज क्यापबाटै झुट बोलेर भविष्य खोज्न कतार हिँडेकी तुलसा खत्रीको नाम पनि समावेश छ। 

यसपटक ३ सय १७ स्वर्ण र ३ सय १७ नै रजत साथै ४ सय ८१ कास्यका लागि २६ खेलमा प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय टिम तयारी समितिका अनुसार १ सय २१ स्वदेशी र १३ विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर ७ सय ८० जनाको नेपाली टोली रहेको छ।

आइतबार मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोके। उनले भारोत्तोलनबाट नेपालका लागि एक मात्र स्वर्ण २००६ मा जितेका थिए। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सबै खेलाडीको तर्फबाट शपथग्रहण गरे। निर्णायकको तर्फबाट ब्याडमिन्टन रेफ्रि दीपक थापाले शपथग्रहण गरे। स्वयम्भूबाट सुरु गरी सातै प्रदेशमा लगिएको ओलम्पिक टर्च तेक्वान्दोका दीपक विष्टले बाले। 

पहिलो पटक २०४१ सालमा नेपालले नै साग आयोजना गरेर दक्षिण एसियाली देशलाई खेलमार्फत जोडेको थियो। दोस्रो पटक आठौँ साग खेलकुद २०५६ सालमा नेपालले सफलतापूर्वक आयोजना गर्न सक्यो। औपचारिक उद्घाटनको चमकपछि अहिले २०७६ सालमा १३औँ साग पनि भव्य भइसक्यो। 

 

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्