• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जिउ चिलाउनुका कारण, सामान्यदेखि ज्यान लिनेसम्म

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  १५:४५
1140x725

जिउ चिलाउनुका थुप्रै कारण हुन्छन्। सामान्यदेखि ज्यान लिनेसम्म। शरीर चिलाउनुलाई हामी सामान्य रुपमा लिन्छौँ। उपचार पनि सामान्य नै छ, कन्याइदियो सक्किगो। किन चिलायोसम्म सोच्दैनौँ। कतिपय अवस्थामा चिलाउनुको खास कारण पत्ता नलाग्न सक्छ। मुख्यतया चिलाउनुको प्रमुख कारण छाला सम्बन्धी रोग नै हो। तर, छालाबाहेक अन्य गम्भीर रोगहरुको लक्षण पनि हुन सक्छ चिलाउने समस्या।

निम्न कारणले छाला चिलाउन सक्छ

- फुस्रो सुख्खा छाला: बुढा पा धेरै नुहाउनु, आगो ताप्नु ले छलालाई सुख्खा बनाउछ्।

- छालाका रोग: इक्जेमा, कन्त्यक्ट डर्माटैटिस, अर्टी केरियालैकेन प्लेनस, सोरियासिस, चाया, घमौँरा आदि।

- एलर्जी: शृंगारका सामान, रबर, खोटो, उन, साबुन, औषधि, खानेकुरा, चर्को घाम, धुलो आदिको एलर्जी।

- परजीवी: लुतो, जुम्रा, उपियाँ, उडुस्, जुँका आदि।

- टोकाइ: किरा, फट्याङ्ग्रा, मच्छड, मौरी आदि।

- संक्रमण: ठेउला, जनै खटिरा, अन्य भाइरस, फंगसजन्य रोग, दाद, हिलोले खानु आदि।

Ncell 2
Ncell 2
nimb
nimb

- गर्भधारण: गर्भधारणका कारणले पनि जिउ चिलाउने हुन सक्छ।

- आन्तरिक रोगहरु: कलेजोको रोग, मिर्गौला फेल हुनु, रक्त अल्पता, गलगाँडको समस्या, क्यान्सर, सुगर आदि।

जिउ चिलाउनुका कारण

एनाफैलेक्सिस

एनाफैलेक्सिस अति गम्भीर प्रकृतिको 'एलर्जिक रियाक्सन' हो। विभिन्न प्रकारका औषधि, मौरी-बछ्युँ-बारुलाको टोकाइ, एलर्जी हुने खानेकुरा तथा रासायनिक पदार्थहरुले एनाफैलेक्सिस गराउन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अचानक जिउभरि चिलाउने डाबर देखिनु, पेट दुख्नु, अनुहार तथा जिब्रो सुनिनु, सास फेर्न गाह्रो हुनु, घ्यारघ्यार हुनु, नाडीको गति कमजोर तर तीव्र हुनु, रक्तचाप काम हुनु, होस् हराउनु एनाफैलेक्सिसका लक्षण हुन्। तुरुन्तै रोगको पहिचान गरी उपचार गरिएन  भने यसले ज्यानै लिन सक्छ।

एनाफैलेक्सिस अचानक हुने अप्रत्यासित मृत्युको एउटा प्रमुख कारण हो। कुनै व्यक्ति गम्भीर रुपमा एक्कासी बिरामी भयो र एनाफैलेक्सिसका लक्षण देखिए भने तुरुन्तै 'इन्जेक्सन इपिनेफ्रिन' दिनाले ज्यान जोगिन सक्छ। बिरामीलाई तुरुन्तै उपचारका लागि स्वास्थ्य केन्द्रमा पुर्‍याइहाल्नुपर्छ। स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीहरुले नर्मल स्लाइन, रिङ्गर ल्यक्टेत, हैड्रोकोर्टिसन, एन्टिएलर्जिक औषधि दिएर उपचार गर्छन्।

पित्तनलीमा अवरोध

पित्तनलीमा अवरोध हुनुको कारणले कालेजोमा बनेको पित्त आन्द्रामा पुग्न सक्दैन र रगतमा पित्तको मात्रा बढ्न जान्छ। जसका कारणले जिउ  चिलाउने लक्षण देखा पर्छ। पित्तथैली तथा नलीमा पत्थर हुनु, संक्रमण हुनु, नली साँघुरो हुनु, चोटपटक लाग्नु, कलेजो, पित्तनली तथा फियो वरिपरिका ग्रन्थी सुनिनु र ट्युमर तथा क्यान्सर पित्तनलीमा अवरोध हुनुका प्रमुख कारण हुन्।

जिउ चिलाउनेसँगै आँखा पहेँलो देखिने, गाढा पहेलो रङ्को पिसाब हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आउने, दुब्लाउँदै जाने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गरिहाल्नुपर्छ।

लिबर सिरोसिस

लामो समयसम्म रक्सी पिउने तथा  दीर्घकालीन हेपाटाइटिस भएका बिरामीको कालेजो बिग्रँदै जाँदा कामै गर्न नसक्ने अवस्थालाई लिबर सिरोसिस भनिन्छ। कलेजोले रगतबाट रक्सी, जीवाणूद्वारा उत्पन्न हुने विषाक्त पदार्थलाई हटाएर रगतलाई शुद्ध पार्छ। बोसो, भिटामिनहरुलाई आन्द्राबाट सोस्न मद्दत गर्छ। ग्लुकोज तथा भिटामिनलाई संचय गरेर राख्छ, रगत जम्न आवश्यक पदार्थ उत्पादन गर्छ।

सिरोसिसको प्रमुख कारण लामो समय रक्सी पिउनु र हेपाटाइटिस सि हुनु नै हो। यसबाहेक पारासिटामोल, एन्टिबायोटिकजस्ता औषधिको अधिक प्रयोग तथा अन्य कारणले पनि सिरोसिस हुन सक्छ।

जिउ चिलाउने, जन्डिस हुने, दुब्लाउने, भोक नलाग्ने, कमजोर हुने, पेट फुल्ने, खुट्टा सुन्निने, यौन इच्छा घट्ने आदि यो रोगका लक्षण हुन्।दी

दीर्घकालीन मिर्गौला रोग

मिर्गौला, निको नहुने गरी निरन्तर रुपमा क्षतिग्रस्त हुँदै जाने रोग हो दीर्घकालीन मिर्गौला रोग। लवण तथा पानीको मात्रा शरीरमा सन्तुलित राख्नु, रगत उत्पादनमा मद्दत पुर्‍याउनु तथा फोहोर पदार्थ बिसर्जन गर्नु मिर्गौलाका मुख्य काम हुन्।

दीर्घकालीन मिर्गौला रोगको प्रमुख कारण अनियन्त्रित उच्च रक्तचाप तथा चिनी रोग हो। मिर्गौला पूरै नबिग्रिएसम्म लक्षण नदेखिन सक्छ।

जिउ चिलाउनु, शरीर झमझमाउनु, जिउ सुनिनु, थकाइ लाग्नु, सास फेर्न गाह्रो हुनु, वाकवाकी लाग्नु, बान्ता हुनु, होस ठेगानमा नहुनु, बाडुली लाग्नु, निद्रा नलाग्नु, दुब्लाउनु आदि मिर्गौला रोगका लक्षण हुन्।

चिनी रोग (डायबिटिज)

मिर्गौला बिगार्ने प्रमुख रोग कारण नै चिनी रोग हो। चिनी रोग सँगै उच्च रक्तचाप पनि छ भने मिर्गौला बिग्रने सम्भावना अझै बढेर जान्छ। भोक प्यास बढी लाग्ने, पिसाब धेरै हुने, दुब्लाउने, थकान महसुस हुने, छाला सुख्खा हुने र जिउ चिलाउनु चिनी रोगका लक्षण हुन्।

हाइपरथाइरोइडिजम

थाइरोइड ग्रन्थीले थाइरोइड हर्मोन अत्यधिक मात्रामा उत्पादन गर्दा हुने अवस्था हो हाइपरथाइरोइडिजम। 'ग्रेभ्स डिजिज' नामक रोग हाइपरथाइरोइडिजमको प्रमुख कारण हो। आयोडिन बढी मात्रामा लिनु, थाइरोइडको संक्रमण हुनु, थाइरोइड, पित्युटरी ग्रन्थी, अन्डकोश तथा गर्भासयको ट्युमर हुनु हाइपरथाइरोइडिजमका कारण हुन्। जिउ चिलाउनु, आँखा ठुलो-ठुलो देखिनु, नाडी छिटो-छिटो चल्नु, नाडीको गति अनियमित हुनु, धेरै पसिना आउनु, भोक धेरै लाग्नु, निद्रा नलाग्नु आदि  हाइपरथाइरोइडिजमका प्रमुख लक्षण हुन्।

यसबाहेक फलामको कमी, रक्त अल्पता, लिम्फोमा तथा ल्युकेमियाजस्ता रगत र ग्रन्थीको क्यान्सर हुँदा पनि जिउ चिलाउने हुन्छ।

जिउ धेरै चिलाए के गर्ने?

१. कन्याउँदा कोतर्नु हुँदैन।

२. कन्याउँदा छालामा घाउ लाग्ने गरी नङ राख्नु हुँदैन।

३. उनी वा अन्य खस्रो लुगा सिधै छालामा टाँसिने गरी लगाउनु हुँदैन।

४. लामो समयसम्म घाम वा बाफिलो वातावरणमा बस्नु हुँदैन।

५. मनतातो पानीले नुहाउने र तेल मालिस गर्नाले चिलाउने क्रम घट्न सक्छ।

६. आफूलाई काममा व्यस्त राख्ने प्रयास गर्नुपर्छ।

७. चिलाउन कम गर्ने स्टेरोइड भएका क्रिम वा सेट्रिजिनजस्ता औषधि चिकित्सको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ।

निम्न अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ

> पूरै जिउ चिलाएमा।

> काम गर्न वा सुत्न नसक्ने गरी चिलाएमा।

> भोकप्यास बढी लाग्ने, थकान महसुस हुने, जिउमा डाबर देखिने, रातो हुने, सुन्निने, आँखा पहेँलो हुने, ज्वरो आउने, दुब्लाउने जस्ता लक्षणहरु देखिएमा।

> उपचार गर्दा पनि दुई हप्ताभन्दा बढी समयसम्म चिलाउन निको नभएमा।

यति कुरा पढेपछि तपाईंले चिलाउने कुरा सामान्य मात्र होइन रहेछ भन्ने पक्कै बुझ्नु भयो होला। तसर्थ, जिउ चिलाउने कुरालाई बेवास्ता गरेर बस्नु हुँदैन। कहिलेकाहीँ जिउ चिलाउने कुराले ठूलो रोगको लक्षण बोकेको हुनसक्छ। आफूलाई असहज हुनेगरी जिउ चिलाउँछ भने चिकित्सककहाँ गएर जाँच गराउनु नै उत्तम कुरा हो।

(डा. गुरुङ गण्डकी मेडिकल कलेज, पोखराका प्राध्यापक हुन्)

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्