काठमाडौं- संघीय समाजवादी फोरमले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई समर्थन गर्ने बताएको छ। वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएकी भण्डारीलाई मधेसकेन्द्रित दल फोरमको समेत भोट प्राप्त हुने पक्का भएको छ।
नेपाल लाइभसँग कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनमा सरकार समर्थित उम्मेदवारलाई समर्थन गर्ने बताए। ‘संविधान संशोधन र नयाँ सरकारको विषयमा हामी सत्तापक्षसंग नजिक छौं,’ उनले भने, ‘त्यसकारण समेत राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्नेछौं।’
फोरमको समर्थनसँगै राष्ट्रपति निर्वाचनमा भण्डारीलाई दुई तिहाइभन्दा बढी मत प्राप्त हुने देखिएको छ।
सत्ताको नेतृत्वकर्ता दल एमाले संविधान संशोधनमा सहमत भएपछि फोरमसमेत नयाँ सरकारमा सहभागी हुने तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।