काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: राष्ट्रपति बन्नको लागि उम्मेदवारी दर्ता गराएकी छिन्। उनी वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन्।
उनलाई माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, ओनसरी घर्ती र सुवास नेम्वाङले प्रस्ताव गरेका थिए। त्यस्तै, रामबहादुर थापा बादल, विष्णु पौडेल, भानुभक्त ढकाल, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीले समर्थन गरेका थिए।


भण्डारी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। त्यतिबेला उनले नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई हराउँदै नेपालको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन्।
उनीसँग नेपाली कांग्रेसकी कुमारी लक्ष्मी प्रतिस्पर्धी रहेकी छिन्। राईले पनि बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराइसकेकी छिन्। फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।