काठमाडौं- कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन्। नेपाली कांग्रेसको तर्फबाट उनले भरखरै उम्मेदवारी दिएकी हुन्।
उम्मेदवारी दर्ताका लागि उनी समर्थकसहित नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेकी थिइन्। रार्इलाई राष्ट्रपतिको उम्मेदवारमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरेका थिए। त्यस्तै, सुजता परियाार, शिवचन्द्र चौधरी, सरिता प्रसार्इं, राधा घले, मेखलाल श्रेष्ठले समर्थन गरेका थिए।
उम्मदवारी दिनुअघि राईले नेपाल लाइभसँग प्रतिक्रिया दिई 'आफ्नो लागि खुसीको क्षण' भएको बताएकी थिइन्।
राष्ट्रपतिको निर्वाचन फागुन २९ मा हुँदैछ। उनीसँग वाम गठबन्धनका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिस्पर्धा गर्दैछिन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।