काठमाडौं- राष्ट्रपतिका लागि नेपाली कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय पदाधिकारीहरुबीच राईको नाममा सहमति जुटेको हो। आजै बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले यसबारे निर्णय गरेको हो।
वाम गठबन्धनको एमालेले विद्यादेवी भण्डारीलाई नै फेरि पनि राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनको जित सुनिश्चित भए पनि कांग्रेसले सर्वसम्मति हुन नदिन राईलाई उठाउने भएको हो।
भोजपुरकी राई कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन्। दिवानसिंह २०१५ सालमा बिपी कोइराला नेतृत्वको सरकारमा सहायक मन्त्री थिए। पछि पञ्चायत कालमा राईको हत्या गरिएको थियो।
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।