काठमाडौं– नेकपा (एमाले)ले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ। मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
बैठकस्थलबाट बाहिरिनु अघि एमाले उपाध्यक्ष बामदेव गौतमले बरिष्ठ नेता झलनाथ खनालको सट्टा वर्तमान राष्ट्रपतिलाई नै कायम राख्ने निर्णयमा पुगेको बताएका थिए।
यसअघि भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने वा खनाललाई राष्ट्रपति बनाउने भन्ने सम्बन्धमा एमालेभित्र मत विभाजन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।