अहिले घाममा निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ भन्ने जानकारी धेरैलाई छ । तर, सनस्क्रिन पनि प्रत्येक व्यक्तिको छालाको बनोटअनुसार फरक हुन्छ भन्ने जानकारी कमैलाई हुन्छ ।
सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउन सेललाई नोक्सान पु¥याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । सूर्यबाट दुई प्रकारका अल्ट्राभायलेट किरण धर्तीसम्म पुग्छन्, युभिए र युभिबी । युभिबीलाई सन प्रोटेक्सन फ्याक्टर (एसपिएफ)ले रोक्न सक्छ । यसको अधिक मात्राले युभिबी किरण रोक्न सहयोग गर्छ ।
जब राम्रो सनस्क्रिनका बारेमा सोचिन्छ त अक्सर अधिक एसपिएफ रहेको क्रिममा आँखा रोकिन्छ । एसपिएफले युभिबी किरणलाई रोक्छ तर युभिएले स्किनलाई वास्तवमै नोक्सान पु¥याउँछ । एसपिएफसँगै सनस्क्रिनमा युभिएको कम्बिनेसन पनि जरुरी छ । त्यसैगरी जिंक अक्साइड, टाइटेनियम डाइअक्साइड, एक्मसुले र अक्सिबेजान पनि हुन जरुरी छ । युभिए र युभिबी दुइटै सही सनस्क्रिन हुन् तर यी एसपिफमा निर्भर हुन्छन् ।
यी सनस्क्रिनबारे जानकार भएकाले थाहा पाउँछन् । तर, कतिपयले सनस्क्रिनबारे धेरै नबुझेका कारण जस्तोसुकै प्रयोगमा ल्याउँछन् । छालामा चिल्लोपना बढी भएकाले चिल्लोपना बढाउने खालकै सनस्क्रिन प्रयोगमा ल्याएको पनि हुन सक्छन् । त्यसैले सनस्क्रिनको प्रयोग पनि सक्दो छालासम्बन्धी चिकित्सकको सिफारिसअनुसार गर्ने बानी बसाल्नुपर्छ । एकपल्ट लिएको सल्लाहले वर्षाैंसम्म काम गर्छ ।
कसरी लगाउने सनस्क्रिन ?
सनस्क्रिन लगाउने तरिका पनि जान्नु जरुरी छ । प्रायः घरबाट निस्कनै लाग्दा ढोकामा पुगेर सनस्क्रिन लगाउँछन् । तर, घरबाहिर निस्किनु १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । अक्सर सनस्क्रिन त्यस्तो मान्छेले लगाउनुर्छ, जो धेरै घाममा रहन्छन् । त्यसैगरी कम्प्युटरका अघिल्तिर धेरै समय रहनेका लागि पनि सनस्क्रिन लगाउनु जरुरी छ । स्विमिङ खेल्ने वा अरु नै खेलकुदमा सहभागी हुनेले वाटरफ्रुफ सनस्क्रिनको प्रयोग गर्दा राम्रो हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।