काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले बताएका छन्। उनलाई अहिले ठोस आहार दिन थालिएको छ। साथै उनी हिँडडुल गर्न सक्न थालेका छन्।
प्रमका निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रमको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताउँदै उनको फिजिकल तथा बायोकेमिकल मापदण्डहरुमा सुधार देखिएको बताएकी छिन्।
प्रमको एपेन्डिक्सको शल्यक्रिया भएको आज तेस्रो दिन पूरा भएको छ। उनी अहिले मनमोहन कार्डियक थोरासिक एण्ड भास्कुलर सेन्टरमा उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।