काठमाडौं – पहिलो र तेस्रो सेट जितेपनि बेष्ट अफ फाइभमा पुगेर ३–२ सेटमा आफ्नो पहिलो खेलमा बंगलादेशसँग हारेको नेपालले आज बलियो प्रतिद्धन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा साँझ ५ बजे खेल्दैछ। यो खेलले नै सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ।
पहिलो खेलमा बंगलादेशविरुद्ध हार ब्यहोरेको नेपालका लागि सेमिफाइनलमा पुग्न आजको खेलमा भारतलाई पराजित गर्नै पर्ने हुन्छ। नेपालले भारतलाई पराजित गरेमा सेमिफाइनलमा नेपाल र भारत पुग्नेछ। तर नेपाल भारतसँग पराजित भए बंगलादेश सेमिफाइनलमा पुग्नेछ।
भारतले एक खेलबाट तीन अंक बटुल्दा बंगलादेशले दुई खेलबाट २ अंक मात्रै बनाएको छ। बंगलादेशले नेपाललाई पराजित गरेपनि भारतसँग भने सोझो सेटमा पराजित भएको थियो।
१ खेल खेलेको नेपालको भने १ अंक छ।
बाग्लो दर्शकको उपस्थिति र घरेलु कोर्टको साथ पाएपनि टिम नेपाललाई समूह चरण नै कटाउन मुस्किल देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।