हुम्ला- हुम्लामा चिसाे बढेकाे छ। बिहीबार साँझदेखि हिमपात भएसँगै चिसो बढेको हाे।
जिल्लामा गत वर्ष कार्तिकमै हिमपात भएको थियो। चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन्। हिमपातपछि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन्।
सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।