काठमाडौं- नेपाली महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा भारतसँगै खेल्ने बताएका छन्।
समूह चरणको खेलमा त्रिपुरेश्वरस्थित रंगशालाको कभर्डहलमा भारतसँग सोझो सेटमा पराजित भएपछि नेपालका प्रशिक्षक भट्टले फाइनलमा भारतसँगै खेल्ने दाबी गरेका हुन्।
पहिलो सेटमा २६–२४ ले हारेको नेपाल दोस्रो र तेस्रो सेटमा भने निकै खराब प्रदर्शन गर्दै २५–१२ र २५–१६ को सेटमा पराजित हुन पुग्यो।
हारपछि प्रशिक्षक भट्टले भने, ‘हामीले पहिलो सेट निकै राम्रो खेल्यौं तर अन्तिम समयमा चुक्यौं। मैले मेरो तर्फबाट सहि निर्णय गरेको थिएँ तर सफल भएन।’
पहिलो सेटको अन्तिम समयमा १ अंक प्राप्त गर्न नसक्दा नेपाल हार्न पुग्यो। पहिलो सेटमा कठिन अवस्थामा पुगेर पनि भारतले जितेसँगै त्यसपछिका सेटमा भने नेपालको ५० प्रतिशत आत्मविश्वास घटेको प्रशिक्षक भट्टले भने।
.jpg)
‘हामीले पहिलो सेट गुमाएसँगै ५० प्रतिशत आत्मबल घट्यो। हामी भारतसँग हारे पनि विना दबाबमा खेल्ने योजना बनाएका थियौं । अझै हाम्रो लागि मौका छ। अब फाइनलमा भारतसँग खेल्नेछौं।’
त्यस्तै, भारतीय टिमकी कप्तानले पहिलो सेटमा हार्ने खेल पनि जितेको बताइन्। उनले भनिन् ‘नेपालले हरेक कुरामा सुधार गरेको रहेछ। निकै राम्रो खेल्यो। पहिलो सेट हार्छौं जस्तो लागेको थियो। तर हामीलाई भाग्यले साथ दियो। जस्तो लागेको थियो। तर हामीलाई भाग्यले साथ दियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।