काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ।
पहिलो सेटमा प्रतिस्पर्धात्मक खेले पनि पछिल्लो २ सेट भने नेपालको प्रदर्शन कमजोर देखियो।
त्रिपुरेश्वरस्थित रंगशालाको कभर्डहलमा भएको खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो। यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो।
पहिलो सेटमा १५–१४ ले पछि परेको नेपालले पुनरामगन गर्दै १९–१६ को अग्रता बनाएको थियो।
निकै रोमाञ्चक देखिएको खेलमा नेपालले २१ अंक बनाउँदा ४ अंकको अग्रता लियो। तर लगातार दुई अंक भारतले बटुल्दै खेललाई थप रोमाञ्चकता दिएको दियो।
नेपालको २४ हुँदा भारतको २२ थियो। त्यसपछि नेपाललाई भारतले रोक्दै लगातार चार अंक बटुलेर पहिलो सेटमा २६-२४ ले पराजित गरेको हो।
दोस्रो सेटमा भने भारतले उत्कृष्ट खेल्दै सुरुमै ७ अंकको अग्रता बनाएको थियो। यो बेला भारतको ९ हुँदा नेपालको २ अंक मात्रै थियो।
निकै उत्कृष्ट खेलेको भारतले १६ अंक बनाउँदा नेपालको ६ मात्रै थियो। फराकिलो अन्तरलाई कायमै राख्दै भारतले दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा नेपाल भारतसँग २५–१६ ले पराजित भएको हो।
नेपाल सेमिफाइनलमा जानका लागि अब भारतले समूहको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्नु पर्ने हुन्छ।
सबै तस्बिर : निमेषजंग राई
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।