श्रीनगर– भारत अधिनस्थ कास्मिरमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा ६ जनाको मृत्यु भएको छ।
हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले सोमबार अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो।
प्रहरीबाट मारिएका ६ जना मध्ये ४ जना आमनागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन्।
प्रदर्शनकारी र सुरक्षाकर्मीहरुका बीचमा झडप भएपछि तनावपूर्ण अवस्था सृजना भएकाले सरकारी निकायहरुले विद्यालय र इन्टरनेट सेवा बन्द गरिदिएका छन्।
एक जना प्रहरी अधिकारीले सुरक्षाकर्मीहरु र प्रदर्शनकारीहरुका बीचमा लामो समय झडप जारी रहेको बताए।
लगातार भएको झडपमा परी के कति जना घाइते भएका छन् भन्ने बारेमा यकिन हुन नसकेको सुरक्षा अधिकारीको भनाई छ।
आइतबार साँझ पनि काश्मिरको भारत अधिनस्थ सोपिन जिल्लामा रहेको एक जाँच चौकीमा शंकास्पद लडाकू र सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा ४ व्यक्तिको मृत्यु भएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।