काठमाडौं- नेपाल चिकित्सक संघले नेपाल मेडिसिटी अस्पतालका डाक्टरलाई प्रहरीले हिरासतमा एिको विषयमा गम्भिर ध्यानाकर्षण गरेको छ।
संघले मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी कार्यविधि अनुसार अनुसन्धान नगरी सोझै डाक्टर पक्राउ गरेकोमा विरोध जनाएको हो। संघले मुलुकी संहितामा भएको व्यवस्था अनुसार अनुसन्धान अगाडि बढाउन पनि माग गरेको छ।
प्रहरीले मेडिसिटीका एक डाक्टरलाई बिरामी महिलामाथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरेको छ।
संघले डाक्टरमाथि लागेको आरोपका विषयमा ऐन अनुसार अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै सरकारको ध्यानाकर्षण गराएको हो।
संघले यो विषयमा गृह मन्त्रालयमा समेत पत्र बुझाएको छ।
संघले अनुसन्धान समितिले दोषी प्रमाण गरेको खण्डमा मात्र मुद्दा चलाउनु पर्नेमा जोड दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।