काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपाल प्रहरीका तर्फबाट ९२ जना छनौट भएका छन्।
विभिन्न खेलमा ४४ जना महिला र ४८ जना पुरुष गरी ९२ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा नेपाल प्रहरीले सहभागिता जनाउने भएको छ।
त्यसैगरी टेवलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुश्ती र महिला बास्केटबल गरी १९ खेलमा नेपाल प्रहरीले सहभागिता जनाउने भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।