नाइजेरिया- नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दस जनाको मृत्यु भएको छ।
ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाउँमा किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। झडपका क्रममा थुप्रै घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
नाइजेरियाका मध्य र दक्षिणी क्षेत्रमा भएका झडपहरुको अंशका रुपमा माम्बीलामा झडप भएको र यसले सरकारलाई दबाव बढाएको बताइएको छ।
प्रदेश प्रहरीका प्रवक्ता डाभीड मिसालले घटनास्थलमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा कारबाही बढाइएको र उच्च सतर्कता अपनाइएको पनि जानकारी दिए।
नाइजेरियाका विभिन्न ठाउँमा लामो समयदेखि भूमि र पानी अधिकारका विषयमा किसान र गोठालाबीच विवाद हुँदै आएको छ। उनीहरुको आन्तरिक झगडाले उग्ररुप लिँदा कैयौं चौपाया पनि मारिएका छन्। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।