काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएकी छन्।
बिहीबार ट्विट गर्दै उनले शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
‘हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु,’ ट्विटमा भनिएको छ।
बुधबार बेलुका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए।
सन्धिखर्कबाट बुटबलका लागि बुधबार दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नंबरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो।
बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै उनले सो ट्विट गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।