काठमाडौं- यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो।
भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी घुस लिने गरेको उजुरी आयोगमा परेको थियो।
घुस रकम लिने शाखा अधिकृत भट्टराई र दिने किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई आयोगको टोलीले पक्राउ गरेको थियो।
शाखा अधिकृत भट्टराईले मोटरसाइकल नामसारी गर्ने प्रयोजनका लागि सनाखत गरी दिएबापत रिकन्डिसन हाउसको सम्पर्क कार्यालयमा गई विभिन्न प्रतिनिधिहरुमार्फत ३ हजार घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
शाखा अधिकृत भट्टराईलाई ३ हजार, देउला र छुस्याकीलाई १ हजार, खड्का र शाहीलाई ५ सय रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।