काठमाडौं- गोकर्णेश्वर नगरपालिका-५ का वडा सचिव (खरिदार) दिनेश बाँस्कोटा घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।
गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिरको परिसरबाट उनलाई बुधबार अख्तियारले रंगेहात पक्राउ गरेको हो।
घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।