काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले बिहीबार समूह चरणको दोस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्दै छ।
खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ। भारत आज पहिलो खेल खेल्न लागेको हो। नेपालले महिला भलिबलमा भारतलाई हराउँदै स्वर्ण जित्ने लक्ष्य राखेको छ।
पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको वास्तविक परिक्षा आज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।